पर्वतमा हुने गौ-महोत्सवको सबै तयारी पुरा

आदर्श अनलाइन,पर्वत

जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको सवै तयारी पुरा भएको छ ।

भोली वाट सुरु हुने महायज्ञको पुर्व सन्धामा आज पर्वत बागलुङ र म्याग्दी सदरमुकामा वहृत मोटरसाईकल ¥याली गरिएको छ । मिलनचोक वाट सुरु भएको मोटरसाईकल ¥याली मालढुङका हुदै पर्वत सदरमुकाम कुश्मावजार परिक्रममा गरी मालढुङगा हुदै बागलुङ वजार र कुडुले रत्नेचौर हुदै म्याग्दी सदरमुकाम वैनी वजार परिक्रमा गरी मिलनचोक आएको थियो ।

गौमहोत्सव सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । भोली देखि २६ गते सम्म मिलनचोकमा आयोजना हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्ने कार्यक्रममा छ ।

काठमाण्डौं,पोखरा,चितवन,म्याग्दी र बागलुङ लगायत देशभर नै महोत्सवको प्रचारप्रसार गरिएको छ । प्रतिव्यक्ती पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग करिब करिव एक हजार आयोजक समितिको सदस्य भइसकेको मुल संयोजक राजु आचार्यले जानकारी दिनु भयो ।

स्थानीय गाईको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेपालमै पहिलोटपक गौमहोत्सवको आयोजना गर्न लागिएको हो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *