५० लाखको अक्षकोष स्थापना गर्दै कांग्रेस

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाखको अक्षकोष स्थापना गर्ने भएको छ । अक्षकोष स्थपनाका लागि आर्थिक संकलन गरिरहेको छ । एक महिनादेखि आर्थिक संकलन अभियानमा जुटेकोमा अहिलेसम्म २० लाख रुपैयाँ संकलन भएको कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

‘अक्षकोष स्थापनाको लागि हामीले आर्थिक संकलन अभियान चलाएका छौँ, अभियान सुरु गरेको एक महिना भयो, एक महिनाको अवधीमा २० लाख संकलन भएको छ,’ सभापति पौडेलले भन्नुभयो ‘अक्षकोष ५० लाखको हुने छ, धेरैले उत्साहपूर्वक अक्षकोषमा सहयोग गरि राख्नु भएको छ ।’

उहाँले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक संजालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी संचार, प्रशिक्षण कार्यक्रम संचालन, जनता र विकास जोड्ने अभियान संचालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसंग नियमित सम्पर्क र समन्वय सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको बताउनुभयो ।

उहाँले अहिलेसम्म कार्यालय व्यवस्थित रुपमा संचालन हुन नसकेको भन्दै कार्यालय तथा कर्मचारी व्यवस्थापन गरिने उहाँको भनाई छ । सभापति पौडलले प्रभावकारी रुपमा सदस्यहरुको अभिलेखीकरण हुन नसकेको र निायमित बुलेटिन प्रकाशन नभएको भन्दै अब यसलाई पनि व्यवस्थित रुपमा गरिने बताउनुहुन्छ ।

‘अहिलेसम्म कार्यालय छैन कार्यालयमा कर्मचारी पनि राख्न सकिएको छैन, अब कार्यालय भाडामा लिएर भए पनि चलाउँछौँ, कर्मचारी पनि व्यवस्थापन गरेर राख्छौँ,’ उहाँले भन्नुभयो ‘अब जनताको गुनासोहरु चौबिसै घण्टा सुन्ने गरि कर्मचारी व्यवस्थापन गछौँ, उहाँहरुको गुनासो सुन्छौँ ।’

अक्षकोष स्थापनापछि पार्टीका अन्य गतिबिधिहरु पनि संचालन गर्न सहज हुने भन्दै क्षेत्रीय समिति अहिले यस प्रति लागि परि रहेको सभापति पौडेल बताउनुहुन्छ । पार्टीलाई थप शसक्त बनाउने र नेता तथा कार्यकतालाई प्रशिक्षित समेत गरेर लैजाने उहाँको भनाई छ । अब बस्ती बस्तीमा पुगेर कार्यकर्तालाई प्रशिक्षित गर्ने र पार्टी भातृ तथा शुभेच्छुकसँग निरन्तर समन्वय गरि अगाडी बढ्ने बताउनुभयो ।

कांग्रेस बागलुङले पनि पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । जसका लागि जग्गा प्राप्तीका लागि जुटेको छ । अहिलेसम्म कांग्रेसको बागलुङको आफ्नै भवन छैन । व्यक्तिको घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *