भूमि आयोग जिल्ला समिति बागलुङको पदबाहाली


–आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका नवनियुक्त अध्यक्ष धर्मबहादुर कुँवरले पदबहाली गर्नुभएको छ ।

नेपाल सरकारले राष्ट्रिय जनमोर्चा बागलुङका नेता धर्मबहादुर कुँवरलाई अध्यक्षमा नियुक्त गरेपछि आज राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको कार्यालयमा पदबाहाली हुनुभएको छ ।

पद बहाली गर्दै कुँवरले भूमिहीन दलित र सुकुम्बासी तथा अव्यवस्थित घर जग्गा भएकाहरुलाई कानून अनुसार जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले वास्तविक भूमिहिनहरुको पहिचानमा रबै स्थानीय जनप्रतिनिधि तथा राजनैतिकदलहरुले सहयोग पर्नुपर्ने बताउनुभएको छ ।
बागलुङमा भूमिहिन दलित, सकुम्बासी तथा अव्यवस्थित पाँच हजार २३ जनाले कार्यालयमा जग्गाका लागि स्थानीय तहमार्फत निवेदन दिएका छन् ।

सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग पजल्ला समितिमा एक जना विज्ञ, एक महिला सहित तीन सदस्यहरु नियुक्त गर्न बाँकी छ ।

समितिमा जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी, नापी तथा मालपोतका कार्यालय प्रमुख, वन डिभिजन कार्यालय र जिल्ला प्रसासन कर्यालयका अधिकृत सदस्य रहने व्यवस्था छ ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा र नेकपा मालेका मञ्जु क्षत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको अध्यक्षता, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको स्वागत तथा नापी कार्यालयका प्रमुख योगेन्द्र प्रसाद यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *