शीतभण्डारण गृह : सुन्तला किसानलाई फाइदै फाइदा


खेमराज गौतम, बागलुङ

गत आर्थिक वर्ष बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ किम्बोटमा ३० टन क्षमताको शीतभण्डारण गृह (कोल्ड स्टोर) निर्माण गरियो । यो वर्ष विहुँका १८ जना सुन्तला किसानले परिक्षणका लागि २२ टन शीतभण्डारण भण्डारण गृहमा राखेका थिए ।

बिहुँकोट साना किसना कृषि सहकारी संस्थाले १८ किसानका सुन्तला रु.५० प्रति केजीमा खरिद गरेर शीतभण्डारण गृहमा २५ दिन राखे पश्चात अहिले सहकारीले विक्रि गर्दा प्रति केजी ९० रुपैयाँमा बिक्रि भएको छ ।

शीतभण्डारणमा पहिलोपटक सुन्तला राखेका किसनाले रु. १३ लाखको सुन्तला २५ दिनको अवधीमा १६ लाख पार्न सफल भएको बिहुँकोट साना किसना कृषि सहकारी संस्थाका अध्यक्ष बालानन्द कँडेलले जानकारी दिनुभयो । “अहिले परिक्षणका लागि पहिलो पटक सुन्तला राखेका थियो, राम्रै भयो” कंडेलले भन्नुभयो “विद्युत खर्च कटाएर शेयर सदस्य सुन्तला किसानहरुलाई मुनाफा दिन्छौं ।”

गत आर्थिक वर्षमा काठेखोला गाउँपालिकाको रु.चार लाख, काठेखोला गाउँपालिका–६ वडा कार्यालयको रु. १० लाख, संघीय सांसद डा. सूर्य पाठकको सांसद विकास कोष अन्र्तगतको रु. १० लाख, कृषि ज्ञान केन्द्र बागलुङको रु.१२ लाख ५० हजार र स्थानीयको रु. ४ लाख ५२ हजार जनश्रमदान गरी रु. ४१ लाख २ हजारको लागतमा सित भण्डारण गृह (कोल्ड स्टोर) निर्माण गरिएको काठेखोला गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिनुभयो ।

“बिहुँ सुन्तलाको जिल्लामै सबैभन्दा धेरै उत्पादन हुँने क्षेत्रमा पर्दछ, मौसममा मात्रै सुन्तला बिक्रि गरिरहेका यहाँका यस वर्षबाट किसनाले सहकारीमार्फत स्थानीय र संघीय सरकारको सहयोगमा निर्माण गरिएको कोल्डस्टोरमा सुन्तला भण्डारण गर्न थालेका छन्” वडा अध्यक्ष कंडेलले भन्नुभयो “पुसमा ५० केजीमा बिक्रि भएको सुन्तला माघ १५ मा होलसेल ९० पर्न जान्छ, किसानलाई निकै फाइदा पुग्छ, सुन्तला समयमै नटिपेर बोटमै राख्दा अर्को वर्षको उत्पादनमा गिरावट हुन्छ, त्यसैले कोल्ड स्टोरको अवधारणा ल्याइएको हो ।”

यस वर्ष बिहुँका बालानन्द कंडेल सहितका १८ किसानले कोल्टस्टोरका कारण सुन्तलाको आम्दानीलाई दोब्बरले वृद्धि गरेका छन् । सुन्तलामा विक्रि गरेर खाली भएको कोल्ड स्टोरमा अब बिहुँमा उत्पादित अदुवा राख्न थालिएको वडा अध्यक्ष कंडेलले बताउनुभयो ।

उहाँले कोल्ड स्टोरमा मौसम अनुसार सुन्तला, अदुवा, आलु तथा किबी राख्न सकिने छ । फलफूल तथा नगदेबाली मौसमको समयमा कम मुल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्रि गर्दा राम्रो मुल्य पर्नेभएकाले किसानलाई फाइदै फाइदा हुन्छ ।

यस्तै तीन वर्ष अघि सिगानामा सुन्तला भण्डारणका लागि गण्डकी प्रदेश सरकारको लगानीमा त्यहाको गणेश कृषि व्यवासयिक सहकारी मार्फत निर्माण गरिएको सित भण्डारण गृहमा अहिले सुन्तला राखिएको छ । यहाँका किसानहरुले फागुन लाग्दासाथ महङ्गो मुल्यमा सुन्तला विक्रि गर्ने तयारीमा जुटको गणेश कृषि व्यवसायीक सहकारी सिगानाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।

अहिले सुन्तला भण्डारण गृहमा ६ जना किसानहरुले सुन्तला भण्डारण गरेका छन् भने अन्य एक सय भन्दा बढी किसानहरुले मौसममै सुन्तला बिक्रि गरिसकेका छन् । सिगानाका अगुवा कृषक टोप बहादुर खड्का र अनन्त खड्काले प्राकृतिक सित भण्डारण गृह निर्माण गरेर सुन्तला भण्डारण गरेर बेमौसममा विक्रि गर्दै आउनुभएको छ ।

यस्तै तीन वर्ष अघिनै बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा समेत २० टन क्षमताको शीतभण्डारण गृह निर्माण गरिएको थियो । त्यहाँ सुन्तला नफल्ने भएपनि आलु पकेट क्षेत्रका रुपमा रहेका कारण त्यहाँको सित भण्डारणमा आलु भण्डारण गरिदै आइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *