माओवादी गलकोटको अध्यक्षमा उप्रेती

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी गलकोट नगरसमितिको अध्यक्षमा तिलक उप्रेती सर्वसम्मत चयन हुनुभएको छ । उप्रेतीको नेतृत्वमा ६५ सदस्यीय नगरसमिति सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक वीर बहादुर चोखालले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा ललित श्रीस, गंगा भुजेल, विष्णु खत्री, सचिवमा चन्द्रदत्त रेग्मी, सह सचिवमा भिम बहादुर विक र कोषाध्यक्षमा कौशिला घर्ती मगर चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य बलावति शर्माले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा माओवादी पार्टीको विशिष्ट पहिचान बनाएकोले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीलार्ई स्थापित गराउन एक ढिक्का भएर अगाडी बढ्न आग्रह गर्नुभएको थियो । उहाँले जनतालाई केन्द्रमा राखेर जनताको सेवा गर्नु राजनैतिक नेतृत्वको काम भएकाले आफुहरु जनताको पक्षमा रहिरहने बताउनुभयो ।

उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले नव निर्वाचित समितिलाई जनताको पक्षमा काम गर्दै संगठन विस्तारको लागि अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक चोखालले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरसमितिका जेष्ठ सदस्य आत्माराम शर्माको अध्यक्षता, गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर इन्चार्ज फमलाल निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *