हिमपातका कारण मध्यपहाडी राजमार्ग अबरुद्ध


आदर्श अनलाइन, बागलुङ
हिमपातका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग अबरुद्ध भएको छ । बागलुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएसंगै मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा बाक्लो हिमपात संगै सडकमा चारफिट हिउँ जमेका कारण राजमार्ग ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

हवारीका अनुसार हिमपातका कारण ढोरपाटन जाने सालझण्डी सडक, सिगाना हुँदै बरेङ जाने सडक सहित जिल्लाका उच्च पहाडी क्षेत्रमा पुग्ने शाखा सडकहरु समेत अबरुद्ध भएका छन् ।
अहिले बागलुङ हुँदै रुकुम जाने लामो दुरीका सवारीसाधनहरु निसीखोलामै रोकिएका छन् भने निसीखोलाबाट लामो दुरीको कुनै सवारीसाधन छुट्न नसकेको प्रहरीको भनाई छ । बिहीबार रातीदेखि उच्च पहाडी क्षेत्र ढोरपाटन, ताराखोला, बरेङ, निसीखोला र तमानका केही भागमा बाक्लो हिमापत भएको र अन्य क्षेत्रमा वर्षा भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *