२ वर्षमा ६ जनासंग विवाह गर्ने यी युवती

एजेन्सी
भारतको मध्यप्रदेश स्थित जबलपुरकी एक युवतीले २ वर्षमा ६ जनासंग बिहे गरेर सबैलाई अचम्मित पारेकी छिन् ।

तर उनले २ वर्षमा ६–६ जनासंग बिहे गर्ने कारण पत्ता लागेपछि ती युवती प्रहरीको फन्दामा परेकी छिन् । नक्ककी नाम रेणु राजपुत भनेर राखेकी ती युवतीको पछिल्लो पटक दशरथ पटेल नामका युवकसंग विबाह गर्ने भनेर छिनोफानो भएको थियो र उनीहरुको बिवाह एक अदालत परिसरमा रहेको मन्दिरमा गर्ने निर्णय भएको थियो ।

जब बिहेको दिन बेहुला र उनका परिवार मन्दिरमा आए ती युवती पनि बेहुली बनेर आइन । तर बिहेको नाटक गरेर ती युतवी दुलाह पक्षले दिएको गरगहना बोकेर सबै जनाको अघि आफ्नो प्रेमीसंग मोटरसाइकलमा चढेर भागिन् । त्यसपछि ती युवतीको ठगी धन्दाको पर्दापास भएको हो । आफूलाई अनाथ बताउने ती युवतीको बिवाहको जिम्मा भने बेहुलीको सानीमा भनेर चिनाउने एक महिलाले गरेकी थिइन् । बेहुला पक्षले प्रहरीमा उजुरी दिएपछि ती सानीमा भनिने महिलालाई पक्राउ गरेपछि ती युवती र महिलाको ठगी धन्दाबारे पत्ता लागेको हो । प्रहरीको केरकार पछि ती महिलाले आफूहरुले २ वर्षमा ६ वटा भन्दा बढी विबाह गरेर ठगी गरेको बयान दिएकी छिन् ।

पीडित परिवारका अनुसार जबलपुरमा दुलाहको काका काकी बस्दै आइरहेका र त्यहि क्रममा बेहुलाको काकीले आफ्नो भतिजाको विवाहको लागि ती युवतीको सानीमा भनिएकी महिलासंग कुरा अगाडी बढाएकी थिइन् । केटीको पनि आमाबुबा नभएकोले विवाहको जिम्वेवारी सबै उनका आफ्नै काका काकीले लिएका थिए । अहिले सानीमा भनिएकी महिला प्रकाउमा परेपछि बेहुली बनेकी ती युवती पनि प्रहरी समक्ष हाजिर भएकी भारतीय संचारमाध्यमले जनाएका छन् । त्यस क्रममा प्रहरीले ती युवतीले रेणु राजपुत नाम राखेर झुठो आधार कार्ड बनाएको, उनीसंग ठगीमा अरु थुप्रै व्यक्तिको संलग्नता रहेको भन्ने पत्ता लगाएको छ । ठगीको आरोपमा ती युवतीका आफन्त भनिएका सबैजना प्रहरी खोरमा पुगेका छन् ।

भारतीय प्रहरीले यसरी ठगी गर्दे हिडेपनि ती युवतीको साथबाट अहिलेसम्म ठगी गरेका गरगहना,अन्य सामान र पैसा भने नभेटिएको भन्दै अनुसन्धान जारी रहेको जनाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *