नेता नेपाली एमालेमा प्रवेश

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गर्नु भएको छ । लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्नु भएका नेपाली रिघा गाविसको पूव अध्यक्ष समेत हुनुहुन्छ ।

जनमोर्चापछि नेकपा माओवादी हुदै नेकपामा आवद्ध नेपाली औपचारिक रुपमा शुक्रबार एमाले प्रवेश गर्नु भएको हो । नेकपा एमाले बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टीका उप–महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गर्नु भएको थियो ।

सो अवसरमा एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना–साना झुपडीको आवश्यकता नरहेको बताउदै अब एउटै कम्युनिष्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *