एमालेप्रति जनताको आकर्षण छ : उप-महासचिव गुरुङ

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेप्रति जनताको अपार मायाका कारण आगमी निर्वाचनमा नेकपा एमाले पुन पहिलोे दल बन्ने बताउनुभएको छ ।

नेकपा एमाले बागलुङको पहिलो पूर्ण बैंठकलाई ढोरपाटनमा शनिबार सम्बोधन गर्दै गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्री समेत रहनुभएका गुरुङले एमाले पहिलो दल बन्ने निश्चित भएसंगै अहिले गठबन्धन जारी रहेको बताउनुभयो ।

नेता गुरुङले एमाले प्रति जनताको माया र शक्ति देखेर एमाले विरुद्ध एक्लै चुनवमा जान सत्तारुणदलहरु डराएको आरोप लगाउनुभयो ।

“खान पल्केकाहरुले सरकारको ढुकुटी सक्काउन्जेल सम्म गठबन्धन गर्ने संभावना छ, एमालेले चुनावको सामना गर्न तयार भएको छ” नेता गुरुङले भन्नुभयो “एक्ला एक्लै चुनावमा जाने हो भने एमाले पहिलो दल बन्द, अहिलेको गठबन्धनलाई यही पिरलो छ ।”

नेता गुरुङले गण्डकी प्रदेश सरकालाई लक्षित गर्दै आफूले ल्याएका जनपरिक्षय योजना कटाएर टुक्रे योजना ल्याएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले जुन योजना बद्ध ढंगले अघि बढेको थियो अहिले लथालिङ्ग जस्तो भएको र भागवण्डामै योजना र बजेट केन्द्रित गरेको आरोप लगाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *