बागलुङमा घट्दै कोरोना : संक्रमणभन्दा निको हुने बढी

आदर्श अनलाइन, बागलुङ

बागलुङमा कोरोना संक्रमण क्रमश घट्दै गएको छ । माघ महिनाको शुरुवातदेखि क्रमश बढ्दै गएको कोरोना संक्रमण ओरालो लाग्न थालेको छ । अहिले दैनिक संक्रमण भन्दा कोरोना जित्नेको संख्या बढी देखिएको छ ।

एक हप्ता अघि सक्रिय संक्रमितको ५८४ पुगेकोमा अहिले क्रमश संक्रमण दर घटेर ३५२ मा आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । शनिबार मात्रै ७ जनालाई कोरोना संक्रमण पुष्टी हुँदा ८८ जनाले कोरोना जित्न सफल भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

“स्वास्थ्य मापदण्डमा कडाई तथा स्वास्थ्य सचेतनामा वृद्धि भएसंगै कोरोना संक्रमणदर घट्दै गएको छ” घिमिरेले भन्नुभयो “माघको शुरुवातबाटै उकालो लागेको कोरोना माघको दोस्रो साताबाटै घट्न थालेको हो, अहिले कोरोना संक्रमण भन्दा निको हुँने दर बढी छ, शनिबार मात्रै ७ जनामा संक्रमण हुँदा ८८ जना संक्रमण मुक्त भएका छन् ।” घिमिरेका अनुसार तेस्रो लहरको ओमिक्रनबाट जिल्लामा कसैको मृत्यु नभएको जानकारी दिनुभयो ।

जिल्लामा अझै ८५ वडा मध्ये १४ वडा उच्च जोखिममा, ४१ वडा मध्यम जोखिममा र ३० वटा न्यून जोखिमा रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा सक्रिय संक्रमित ३५२ जना मध्ये एक जनामात्रै धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका छन् भने अन्य ३५१ जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा हाल सम्म ८ हजार ९३१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने ८ हजार ५०७ जना कोरोना मुक्त भइसकेका छन् भने ७२ जानाको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना नियन्त्रणका लागि विद्यालय, शैक्षिक संस्था, जीम हल बन्द गर्न भनेको छ भने २५ जना भन्दा बढी सार्वजनिक स्थानमा भेला नहुँन निर्दैशन गरेको छ । तर जिल्लामा कारोना संक्रमणको प्रभाव भने आम जनमानसमा निकै कम मात्रै पर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *