गठबन्धनको अस्तित्व जोगाउन नसक्ने हुँदा सरकार निर्वाचनबाट भाग्न खोज्यो

डम्मर बुढा मगर, बागलुङ
नेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार यो समयमा निर्वाचन हुँदा पराजय भएर गठबन्धनको अस्तित्व जोगाउन नसक्ने भन्दै निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ । आइतबार प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै चुनाव सारेर पछि राज्य सत्ताको दुरुपयोग गरेर आफ्नो उपस्थिती त्यहाँ जनाउन सकिएलाकी भनेर निर्वाचनबाट सरकार भाग्न खोजेको बताउनुभयो ।

‘यो समयमा निर्वाचन हुँदा आफू निर्वाचित हुन सकिदैन, आफ्नो अस्तित्वको रक्षा गर्न सकिदैन भनेर निर्वाचनबाट हुने जुन पराजय हो, त्यो पराजयबाट गठबन्धन भाग्न खोजेको छ,’ सचिव अर्यालले भन्नुभयो ‘चुनाव सारेर पछि राज्य सत्ताको दुरुपयोग गरेर आफ्नो उपस्थिती जनाउन सकिएलाकी भन्ने योजनाका साथ सरकार निर्वाचनबाट सरकार भाग्दै छ ।’

उहाँले निर्वाचन ढिलो गरेर सरकारले संविधान मिच्न खोजेको भन्दै संविधानलाई कागजको खोस्टो बनाएर लोकतन्त्र समाप्त पार्न खोजेको बताउनुभयो । अर्यालले यो सरकार जनविरोधी र विकास विरोधी भएको समेत आरोप लगाउनुभयो । केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेका बजेट र योजना कटौटी गरि विकासको विरुद्धमा लागेको उहाँको भनाई छ ।

सचिव अर्याललेसरकारले एमसिसी ल्याउन चाहे नेकपा एमालेको आवश्यकता नपर्ने समेत बताउनुभयो । संसदमा गठबन्धनको बहुमत रहेको हुँदा एमसिसी पारित गर्न सकिने उहाँको भनाई छ । ‘एमसीसी पास गर्नका लागि एमालेको आवश्यक नै पर्दैन, गठबन्धनकै बहुमत छ त, हामी किन चाहियो ?’ उहाँले भन्नुभयो ‘एमसीसीको विषय संसदमै आएको छैन, संसदमै नआएको विषयमा एमाले किन बोल्ने ? गठबन्धनकै बहुमत छ, पास गर्न चाहेको भए पास गरे भयो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *