उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

आदर्श अनलाइन, मनाङ
जिल्ला अस्पतालमा एक्स-रेसमेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स-रे, भिडियो एक्स-रे लगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगाे भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडाैं जानुपरेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङबासी बिरामी परेमा हेलिकप्टरकै भरपर्नुपर्ने बाध्यता रहेकाे बताउनु भयाे ।

स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकार समक्ष समस्या समाधानका लागि पहल गरिरहेको उहाँले बताउनु भयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *