विवादमा तानियो विरेन्द्र–ऐश्वर्य उद्यान

आदर्श अनलाइन, बागलुङ
लामो समयदेखि अस्तव्यस्त बनेको बागलुङ बजारको एक मात्रै पार्क विरेन्द्र–ऐश्वर्य उद्यान पुननिर्माण शुरु हुँदासाथ विवादमा तानिएको छ । पार्कको पुननिर्माण गर्न थालेको बागलुङ नगरपालिकाले प्राकृतिक हराभराको पार्कलाई संरक्षण नगरेको आरोप लाग्दै आएको थियो । संरक्षणको अभावमा उजाड बनेको पार्कलाई नगरपािलकाले पुननिर्माण थालेपनि पुरानै स्वरुपमा पुननिर्माण हुँनुपर्ने स्थानीयको तर्क छ । पार्कलाई कंक्रिटयुक्त पार्क बनाउन थालेको नगरपालिका प्रति आरोप छ ।

निकै सुन्दर तथा प्राकृतिक रुपमा हराभरा रहेको पार्क नगरपालिकाले उचित संरक्षण गर्न नसकेकै कारण उजाड बनेको थियो । चार वर्ष देखि लथालिङ्ग बनेको पार्क नगरपालिकाले ठेक्का मार्फत पुननिर्माण थालेपनि पुरानो स्वरुप बिगारेर कंक्रिट युक्त पार्क बनाउन थालेको आरोप छ ।

पञ्चायत कालिन समयमा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यको शालीक सहित पार्कको सुन्दरीकरण तथा स्थापना गरिएको थियो । तर वि.स २०६२÷०६३ को जनआन्दोलनको क्रममा पार्क भित्रका विरेन्द्र–ऐश्वर्यको शालिक फुटाईपछि पार्क क्रमश कुरुप हुँदै आएको थियो ।

त्यसपछि पार्क अभिभावक बिहिन बन्दै गएको थियो । नगरपालिकामा जनप्रतिनिधि आएपछि पार्क मासेर व्यावसायीक सटर बनाउने योजना नगरपालिकाले ल्याएपछि चर्को विरोध भएर नगरपालिका पछि हटेको थियो ।

तर नगर प्रमुख जनकराज पौडेल निर्वाचित भएर आएपछि पार्कलाई मासेर सटर बनाउने योजना विफल भएपछि पार्क निर्माणका लागि निजी क्षेत्रको प्रभु बैंकलाई निश्चित सर्तमा सुम्पन्भएको थियो । नगरप्रमुखले योजनाहरुको खाता नेपाल बैंकबाट सञ्चालन गर्दै आएकोमा पार्क बनाउने शर्तमा प्रभु बैंकबाट खाता सञ्चालन हुँदैआएपछि बैंक र नगरपालिकाका जनप्रतिनिधिहरुबीच खटपट भएपछि पुन नगरपालिकालेनै पार्क बनाउन थालिएको हो ।

सार्वजनिक महत्व बोकेको स्थान डेढ रोपनी घटाएर पार्क पुननिर्माण गर्न थालेपछि आफूले विरोध जनाएको बागलुङ नगरपालिका–२ का वडा सदस्य अर्जुन घिमिरेले जानकारी दिनुभयो । “इतिहास मेटाएर पार्क बनाउन हुँदैन भन्ने हो, समय सान्र्दभिक नयाँ विरुवा रोप्ने, स्वरुप फेर्ने भन्ने त हो” घिमिरेले भन्नुभयो “राजारानीको शालिक बनाएको स्थानमा पानीको फोहोरा बनाइदै छ त्यस्मा मेरो असहमती हो ।” घिमिरेले बजारमा पार्क आवश्यक पर्ने भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने तर साँघुरो बनाउन नपाइने बताउनुभयो ।

बागलुङ बजारको मुख्य स्थानमा रहेको उद्यानलाई पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने माग राख्दै उच्च अदालत पोखरामा बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई विपक्ष बनाइ माघ २१ गते रिट दर्ता भएको छ । बागलुङ नगरपालिका–१ निवासी टेक बहादुर सार्कीले पार्कलाई पुननिर्माण गर्ने क्रममा चरम लापरवार्ही भएको भएको भन्दै पार्क निर्माण रोक्न उच्च अदालत पोखरा बागलुङ इजालशमा रिट दर्ता गराउनुभएको छ ।

पुरानो अस्तित्व सकटमा पार्ने, हराभरा युक्त पार्क मास्ने तथा पार्कका महत्वपूर्ण रुख बिरुवा मासेर कंक्रिटयुक्त पार्क निर्माण शुरु गरेपछि आफूले विरोध जनाएको टेक बहादुर सार्कीले बताउनुभयो । पुरानो शैलीको हरियाली पार्क मासेर ढुङ्गा, गिटी, तथा सिमेन्ट प्रयोग गरेर पार्कलाई पुननिर्माण गर्न थालेकोमा नगरपालिकाका जनप्रतिनिधिहरुलेनै विरोध जनाउदै आएका छन् । पार्कको पुनःनिर्माण कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा निषेधाज्ञाको अन्तरिम आदेश तथा प्रतिषेध सहितको निषेधाज्ञा मिश्रीत परमादेशको मागसहित रिट निवेदन परेको हो ।

देशकै पुरानो सभ्यता र राजतन्त्र झल्काउने पार्क मासेर भिन्न स्वरुप दिने अधिकार नगरपालिकाको नभएको रिटमा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम विपक्षीले संरक्षण गर्ने दायित्व राख्ने रिटमा उल्लेख गर्नुभएको छ । नगरपालिकालाई नेपालको संविधानधाको धारा ५७ को उपधार ४ बमोजिम अनुसुचि ८ मा उल्लेखित विषय वस्तुमा कानुन बनाएर सो बमोजिम काम गर्ने अधिकार भए पनि विरेन्द्र ऐश्वर्य उद्यान नष्ट गरेर नयाँ संरचना बनाउन पाउने अधिकार नभएको दावी गरिएको छ ।

पुरातात्कि महत्व बोकेको पार्कलाई पुरानै स्वरुपमा पुननिर्माण हुनुपर्ने अधिवक्ता बद्री प्रसाद शर्माले बताउनुभयो । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पार्कको पुननिर्माण पछि हरीयाली हुँने दाबी गर्नुभयो । उहाँले निर्माणको चरणमा फरक स्वरुप देखिएपनि पुननिर्माण पछि पार्क पुरानै स्वरुपमा निर्माण भइरहेको दाबी गर्नुभयो ।

उहाँले जग बलियो बनाउन ढालान गरेपनि माथी ताराखोलाको ढुङ्गा छपाएर पुरानै स्वरुपमा पार्कलाई फर्काउने जस्कालागि समय लाग्ने बताउनुभयो । “पुननिर्माणको क्रममा पार्कको फरुक स्वरुप देखिएको हो, पुननिर्माण सकिएपछि पुन पार्क शौन्दर्यकरण र हराभरा हुन्छ” नगरप्रमुख पौडेलले भन्नुभयो “पार्क मौलिक तरिकालेनै पुननिर्माण हुन्छ, निर्माणको चरणमै विरोध गर्नुको अर्थ छैन ।” रु. ९६ लाख ६ हजारमा एए कन्ट्रक्सनसंग चार महिनामा सक्ने गरी पुषमा सम्झौता भएको र अहिले धमाधम पार्क निर्माण भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । पार्क पानीको फोहोरा सहित ढुङ्गा छापेको पदमार्ग, बगैचा र विद्युतिकरण गरी निर्माण हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *