ताराखोलाकाे दशाैँ गाउँ सभा

मन्दिप निउरे, ताराखोला

ताराखोला गाउँपालिकाकाे दशाैँ गाउँ सभाको सम्पन्न भएको छ । सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाले एजेण्डाहरु छलफलको लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।

सभाले विषयगत समितिमा (लेखा समिति, विद्यान समिति, सुशासन समिति) को कार्य सञ्चालन कार्यविधि २०७८ सर्वसम्मत रुपमा स्वकृत गरेको छ । त्यस्तै स्थानिय सेवा ऐन २०७८ माथि छलफल गरी संघिय सेवा निजामति सेवा ऐन र प्रदेश निजामति सेवा ऐन नवने सम्मको लागि ताराखोला गाउँपालिकाको स्थानिय सेवा ऐन २०७८ स्वकृत गरी आवश्याकता अनुसार संशोधन गरी कार्यान्वयमा ल्याउने प्रतिवद्धता सहित स्विकृत गरिएको ताराखोला गाउँपालिकाका प्रशासकीय अधिकुत प्रकाश गैरेले जानकारी दिनुभयो ।

सभामा प्रस्तुत विधेयक माथि छलफलको क्रममा सभाका सदस्य भद्र बहादुर घर्ती, याम बहादुर श्रीस, राम बहादुर रोका, जित बहादुर खत्रीले सुझावहरु प्रस्तुत गर्नुभएको थियो । सभा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *