मोटरसाइकल र जिप ठोक्किदा एक जनाको मृत्यु

आदर्श अनलाइन, पोखरा
कास्कीको पोखरा –२५ हेम्जामा मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपाली रहेका छन् ।

उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाईकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।

ग १ ज ५०५६ नम्बरको जिपले नेपालीद्धय सवार ग ६ प ८८०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *