उच्च अदालतले भन्यो पार्क पुन निर्माणमा आदेश जारी गर्नु पर्दैन

आदर्श अनलाइन, बागलुङ
लामो समयदेखि अस्तव्यस्त बनेको बागलुङ बजारको एक मात्रै पार्क विरेन्द्र–ऐश्वर्य उद्यान पुननिर्माण भइरहेको छ । पुननिर्माणमा मौलिकता मासिएको भन्दै निर्माण रोक्न माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजालशमा दर्ता भएको रिटमा बुधबार भइको सुनुवाईमा निर्माण रोक्नु नपर्ने आदेश गरेको छ ।

बागलुङ बजारको मुख्य स्थानमा रहेको उद्यानलाई पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने माग राख्दै उच्च अदालत पोखरामा बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई विपक्ष बनाइ माघ २१ गते रिट दर्ता भएको थियो । रिटको सुनाईपछि उच्च अदालत पोखरा बागलुङ इजलाशका न्यायधिश श्रीकान्त पौडेलको एकल इजलाशले अन्तिरिम आदेश जारी गर्नु पर्ने अवस्था नदेखिएको(निर्माण कार्य नरोक्नु) आदेश गरेको हो ।

आदेश बागलुङ नगरपालिका–१ निवासी टेक बहादुर सार्कीले पार्कलाई पुननिर्माण गर्ने क्रममा चरम लापरवार्ही भएको भएको भन्दै पार्क निर्माण रोक्न उच्च अदालत पोखरा बागलुङ इजालशमा रिट दर्ता गराउनुभएको छ । पुरानो अस्तित्व सकटमा पार्ने, हराभरा युक्त पार्क मास्ने तथा पार्कका महत्वपूर्ण रुख बिरुवा मासेर कंक्रिटयुक्त पार्क निर्माण शुरु गरेपछि रिट दर्ता भएको थियो ।

अदालतले निवेदकको तर्फबाट अधिवक्ता श्री वद्री प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यालय बागलुङ, उच्च सरकारी वकिल कार्यालय बागलुङका सहन्यायधिवक्ता गोपाल प्रसाद ढकाल, बागलुङ नगरपालिकाका तर्फबाट अभिवक्ता हरी प्रसाद शर्माको बहसमा नगरपालिकाले पुरानै स्वरुपमा पार्क निर्माण गर्न थालेको र नोक्सानी नभई संरक्षण गर्न थालिएको भन्ने बुझिएकाले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरेको आदेश गरेको छ ।

पार्कको पुननिर्माण गर्न थालेको बागलुङ नगरपालिकाले प्राकृतिक हराभराको पार्कलाई संरक्षण नगरेको आरोप लाग्दै आएको थियो । संरक्षणको अभावमा उजाड बनेको पार्कलाई नगरपािलकाले पुननिर्माण थालेपनि पुरानै स्वरुपमा पुननिर्माण हुँनुपर्ने स्थानीयको तर्क छ । पार्कलाई कंक्रिटयुक्त पार्क बनाउन थालेको नगरपालिका प्रति आरोप छ । पार्कको रु. ९६ लाख ६ हजारमा एए कन्ट्रक्सनसंग चार महिनामा सक्ने गरी पुसमा सम्झौता भएको र अहिले धमाधम पार्क निर्माण भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । पार्क पानीको फोहोरा सहित ढुङ्गा छापेको पदमार्ग, बगैचा र विद्युतिकरण गरी निर्माण हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *