आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्राद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्यहरु इश्वर प्रसाद मलेपती, रतन प्रसाद मलेपती, रञ्जित प्रसाद मलेपतीका पुजनीय पिता, सरिता कुमारी श्रेष्ठका ससुरा तथा सुस्मिता श्रेष्ठका हजुरवुवा लाल प्रसाद मलेपतीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–३, नारायणचोक निवासी मलेपतीको निधन भएको १० औं दिनको पुण्यतिथी पारेर घरमै बिहीबार श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक शान्ति श्रेष्ठ, अम्बिका जिसी., कमल लामिछानेले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद २० हजार रुपैयाँ स्वर्गीय मलेपतीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *