बागलुङका होटल तथा सुपर मार्केट अनुगमन

आदर्श अनलाइन, बागलुङ
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा बिहीबार बागलुङ बजारमा रहेका ठूला होटल तथा सुपर मार्केट अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा ठूला चलेका होटलहरुमा भान्छाकोठाहरु व्यवस्थापन राम्रो नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बिहीबार गरिएको अनुगमनमा केही होटलका भान्छाकोठाहरु मापदण्ड विपरित भएको र व्यवस्थापनका लागि सुझाएको बताउनुभयो ।

कार्यालय प्रमुख श्रेष्ठले बजारका ठूला होटलहरुको व्यवस्थापन समग्रममा राम्रो भए पनि अझै धेरै पक्षहरु सुधार गर्नु पर्ने देखिएको बताउनुभयो । उहाँले होटलहरुको भान्छाकोठा र भण्डारणमा व्यवसायीहरु ध्यान दिनु पर्ने भन्दै त्यसका लागि उनीहरुलाई सुझाव समेत दिएको बताउनुभयो ।

‘बागलुङ बजारका केही होटलहरु अनुगन ग¥यौँ, सुपर मार्केटमा पनि अनुगमन गरेका छौँ, सुपर मार्केटहरुमा त्यत्ति धेरै समस्या देखिएन, होटलहरुमा सरसफाइमा बढी ध्यान दिनु पर्ने देखियो,’ प्रमुख श्रेष्ठले भन्नुभयो ‘समस्या देखिएका होटलहरुलाई हामीले सुधार गर्न भनेका छौँ, सुधार गर्नुहुन्छ भन्ने अपेक्षा लिएका छौँ ।’

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्मा, बागलुङ नगरपालिका ससबहादुर पुन, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *