दल दर्ता गर्दै कमल थापा, हिन्दूराष्ट्र मुख्य एजेण्डा

आदर्श अनलाइन, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको छ ।

‘हिन्दूत्व सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय भएको छ’ थापा निकट नेता राजाराम बर्तौलाले भने ।

उनका अनुसार नयाँ पार्टी राजसंस्थाबारे मौन छ । ‘राजसंस्था छाड्ने नछाड्ने भन्ने कुरा रहेन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हुनेछ’ बर्तौलाले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *