निर्वाचनको तयारीमा जुटे बागलुङका राजनैतिक दल

आदर्श अनलाइन, बागलुङ

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बागलुङका राजनैतिक दलहरु उत्साहित बनेका छन् । निर्वाचनको मिति घोषणा संगै राजनैतिक दलहरुले आफ्नो सक्रियतालाई बढाउदै लगेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन नहुँनेमा काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापा विस्वस्त हुनुहुन्छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थापाले स्थानीय तह पुनजनप्रतिनिधि विहिन हुँने अवस्थाको अन्त्य भएको र स्थानीय राजनैतिकदलहरु निर्वाचन केन्द्रित भएको बताउनुभयो ।

थापाले निर्वाचन मिति घोषणा संगै स्थानीय जनप्रतिनिधिहरुले गरेका कामहरु समेत जिल्लामा समिक्षा हुँन थालेको बताउनुभयो । बागलुङमा जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा निर्वाचनको मिति घोषणाले उत्साह छाएको छ । पुन स्थानीय तहको सत्ता कर्मचारीकै हातमा पुग्ने होकी भन्ने पिरलो स्थानीय तहको निर्वाचन मिति घोषणसंगै हटेर गएको बागलुङका नेताहरुले बताएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन घोषण संगै जिल्लामा सत्तारुण दलमा प्रतिनिधित्व गर्ने गठबन्धनहरुले छुट्टै छलफल गरेका छन् भने नेकपा एमाले आफ्नै अभियानमा छ ।

बागलुङमा पाँच दलीय गठबन्धनले गठबन्धनलाई निरन्तरता दिदै अगाडी बढाउनेगरी छलफलमा जुटेको छ । बागलुङमा पाँच दलिय (कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादी) गठबन्धनलाई मजबुद गराएर लैजाने निर्णय संगै अघि बढेको नेपाल कम्युनिस्ट पार्टी माओवादी बागलुङका संयोजक ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । गैरेले आगमी निर्वाचनमा पनि गठबन्धन चुनावमा कसरी सहभागी हुने भन्ने विषयमा समेत गठबन्धनमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्न थालेको छ । नवौं जिल्ला अधिवेशनपछि पार्टी केन्द्रीत भएको जनाएको छ । एमालेले फागुन पहिलो हप्ता जिल्लाका सबै वडाका वडा कमिटी बैठक, फागुन २१ गते भित्र वडाका सम्पूर्ण टोलहरुमा पार्टीका टोल कमिटि गठन गर्ने, फागुन मसान्तभित्र निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनपछि आएको एक सय २७ जना पदाधिकारी सदस्यहरुलाई विभिन्न विभाग, फाँट, वडागत रुपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रीत अभियान सञ्चालनको तयारीमा लागेको एमालेले जनाएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा संगै जिल्लाका राजनैतिक दलहरुले आफ्नो गतिविधिलाई तिब्रता दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *