प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते पोखरामा

आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने भएको छ ।

आज काठमाडौंमा बसेको सचिवालयको बैठकले नवौं राष्ट्रिय महाधिवेशन गण्डकी प्रदेशको पोखरामा सम्पन्न गर्ने गरि मिति तोकेको हो ।

यसअघि गत माघ २२ गते गर्ने भनिएको महाधिवेशन कोरोनाको कारणले रोकिएको थियो ।

महाधिवेशनको नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समुदघाटन गर्ने प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन मुल व्यवस्थापक समितिका संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *