खेमराज गौतम, बागलुङ
समुन्द्री सतह देखि तीन हजार मिटरको उचाईमा समथर भागमा रहेको ताल । ताल वरपर सेताम्मे हिउँ । छेउमा सिद्ध बराह मन्दिर माघको अन्त्यमा निकै मनमोह देएिको थियो बराह ताल । अंग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पखाईमा छ । घना जंगलको बीचमा रहेको बराहताल प्राकृतिक सुन्दराताले समेत भरिपूर्ण छ ।
बराह ताल निकै मनमोहक र आकर्षक भएपनि प्रचार प्राचारका कारण त्यती चर्चामा आउन भने सकेको छैन् । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।
बागलुङ जिल्लाको दुर्गम मध्येको गाउँपालिका तमानखोला गाउँपालिकाको शिरमा रहेको बराह ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरु योजना बनाएर तालको संरक्षण र प्रर्बद्धन गर्न थालेको छ । धार्मीक महत्व संग समेत जोडिएको बराह तालमा बैशाखे पूर्णिमा भन्दा अघिपछि खासै चहल पहल हुँदैन । भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपगेका कारण बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएरपनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ ।
सामान्य पोखरी समेत पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको निकै फराकिलो बराह ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रर्बद्धनमा स्थानीयले समेत अग्रसरता देखाउन भने थालेका छन् । विस्तारै तालको संरक्षण र प्रचार प्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला गाउँपालिका–२ का स्थानीय चुडामणी छन्त्यालले जानकारी दिनुभयो । “पौराणिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल बराहतालको संरक्षण संगै प्रर्बद्धनमा जुटिरहेका छौं, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ” स्थानीय छन्त्यालले भन्नुभयो “प्राकृतिक रुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट बिनियोजन गर्दै आएको छ, वैशाख पूर्णीमाका दिन यहाँ विशेष पूजा हुँने गर्दछ ।”
फुस्रेको थान माथी र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयहरुले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किम्मदन्ती रहेको छ । तालमा हिउँदको समयमा सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाई छ । आँखा फुटेको बुढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माण समेत गरिएको छ ।
गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटमा ताललाई काँडेतारले बारेको छ भने गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।
“गाउँपालिकाको गुरु योजनामा बराहतालको विषयमा समावेश गरेर पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान छ, हामी आइसकेपछि केही काम भएका छन्” गाउँपालिका अध्यक्ष बुढा मगरले भन्नुभयो “पर्यटक लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रर्बद्धनात्मक कामहरु समेत गदै आएको छ पर्यटकको पखाईमा रहेको बराहतालमा कुनैदिन खचाखच पर्यटक भित्रिनेछन् ।” तालको गइराई भने हाल सम्म मापन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
धार्मीक महत्व बोकेको बराह ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडकको पहुँच पु¥याउन आवश्यक रहेको स्थानीय ढालेन्द्र छन्त्यालले बताउनुभयो । खोलसबाङ बाट पदमार्ग व्यवस्थित र भयरबोङ्गाबाट सडक पु¥याउन सके पर्यटक लैजान सहज हुँने छन्त्यालको भनाई छ । “यो तालको मनमोह रुप र धार्मीक महत्व हामीले बुझाउन सकेनौं, अहिले केही पालिका र स्थानीयको सक्रियतामा संरक्षण र प्रर्बद्धनको काम भइरहेको छ” छन्त्यालले भन्नुभयो “बागलुङ जिल्लाकै आकर्षक तालको रुपमा रहेको बराहलाई चिनाएर पर्यटक भित्राउनु हाम्रो मुख्य योजना छ ।”