राष्ट्रिय राजनीतिको विषयमा एमाले, माओवादी र राजमो बीच छलफल

आदर्श अनलाइन, बागलुङ
सरकारले स्थानीय तह निर्वाचन घोषणा गरे बागलुङका राजनैतिक दलहरु भेटघाट र छलफलमा सक्रिय हुन थालेका छन् ।

स्थानीय तह निर्वाचन सँगै विभिन्न समसामायिक विषयबस्तु माथि सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताहरुले छलफल गरेका छन् ।

नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग र एमसीसीको विषयमा छलफल गरिएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे (अनिल)ले पछिल्लो समयका राजनीतिक घटनाक्रमको बारेमा छलफल गरिएको बताउनुभयो । उहाँले सौर्हादपूर्ण वातावरणमा मिलेर अगाडी बढ्ने गरि सकरात्मक पहल कदमीको लागि भेटघाटले महत्वपूर्ण भुमिका निर्वाह गर्ने समेत बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्म कुँवरले राष्ट्र र राष्ट्रियताको विषयमा एकजुट बन्नुपर्ने बारे छलफल भएको बताउनुभयो । एमसीसी, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग लगाएतका समसामायीक विषयमा आ–आफ्ना विचार राख्दै चियागफ गरेको कुँवरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *