व्यक्तिगत घटना दर्ता सम्बन्धी स्वास्थ्य स्वयमसेविकलाई अभिमूखिकरण

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका स्वास्थ्य स्वयम सेविकालाई व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिने अभिमूखिकरण गरिएको छ ।

बागलुङ नगरपालिकाको पञ्जिकरण शाखाको आयोजनामा नेपाल सरकारको अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार सन् २०२४ सम्म नेपालमा व्यक्तीगत घटनादर्ता शत प्रतिशत पु¥याउने लक्ष्य अनुसार अभिमूखिकरण गरिएको हो । बागलुङ नगरपालिकाका १४ वटा वडामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविका मार्फत सरल सहज तरिकाले समयमानै व्यक्तिगत घटनादर्ता जस्ता कार्यहरमा सुचना प्रवाह गर्ने उदेश्यले स्वयम सेविकाहरुलाई अभिमुखीकरण गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले राष्ट्रिय परिचय पत्र, व्यक्तीगत घटनादर्ता तथा सामाजिक सुरक्षासम्वन्धी कार्यलाइ आम जनता माझ सरल तरिकाले सुचना प्रवाह गर्न सक्ने व्यक्ती महिला स्वास्थ्य स्वयमसेविका भएको बताउनुभयो । साथै बागलुङ नगरपालिकाका सवै वडामा अनलाइन मार्फत घटनादर्ता गर्ने प्रकृया अगाडी बढेको बताउनुभयो ।

यस्तै अभिमूखिकरण कार्यक्रममा बोल्दै बागलुङ नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले महिला स्वास्थ्य स्वयम सेविकाले स्वास्थ्य सम्वन्धी कार्य मात्र नगरेर अव घटनादर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्वन्धी जिम्मेवारी थपिएको बताउनुभयो । साथै दर्ता भएका घटनाहरु दर्ता भएको एक वर्ष भित्र मात्र संसोधन गर्न मिल्ने एक वर्ष पछि संसोधन गर्न नमिल्ने भएकोले सही र सत्य विवरण राखेर मात्र घटना दर्ता गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सुचना प्रविधी अधिकृत रञ्जित थापा क्षेत्री र एम आइ एस अपरेटर हरि गौतमले घटना दर्ता सम्वन्धी र एम आइ एस अपरेटर मुना थापा मगर बाट सामाजिक सुरक्षा सम्वन्धी अभिमूखिकरण गरिएको थियो ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत पुरुषेत्तम सापकोटाको अध्यक्षता, मुना थापा मगरको स्वागत, नगरपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद खनालको शुभकामना मन्तव्य तगा हरी गौतमको सञ्चालमा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका ४० जना स्वास्थ्य स्वयमसेवीका सहभागी रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *