सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत बनाउन सहकारी महासंघ सुझाव

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रको सन्दर्भ ब्याजलाई १७ प्रतिशत पु¥याउन सहकारी विभागलाई सुझाव दिएको छ ।

महासंघका अध्यक्ष मिनराज कंडेलको नेतृत्वमा मंगलवार विभागमा पुगेको अभियानको टोलीले सन्दर्भ ब्याजदर बढाउन सुझाव दिएको हो ।

टोलीले वित्तीय क्षेत्रमा देखिएको तरलता संकटसंगै सहकारीलाई सन्दर्भ ब्याजदरका कारण परेको समस्याका बारेमा अवगत गराएको थियो ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई लिखित सुझाव दिदै महासंघले तीन दिन भित्र सहकारीमा देखिएको समस्या समाधानका लागि अनुरोध गरेको छ । सहकारी क्षेत्रमा देखिएको समस्या तत्काल समाधानका लागि लिखित रुपमा ध्यानाकर्षण गराएका छौ, महासंघका अध्यक्ष मिनराज कंंडेलले भन्नुभयो–तीन दिन भित्रमा समस्या समाधान भएन भने थप परामर्श गरेर अगाडि बढ्छौ ।

महासंघले मंगलवार नै सहकारी अभियानका विभिन्न निकायहरुसंग ब्याजदरका विषयमा छलफल गरेको थियो । छलफलका क्रममा सहभागीहरुले विभागलाई सन्दर्भ ब्याजदर बढाउन सुझाव दिने र कार्यान्वयन नभएमा महासंघको अगुवाईमा ब्याजदर तोकेर अगाडि बढ्न दवाव दिएका छन् ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेतृत्व गर्न आग्रह गर्दै सहभागीहरुले आवश्यक परे आन्दोलनका लागि समेत तयार रहनु पर्नेमा जोड दिएका थिए । सन्दर्भ ब्याजदरका विषयमा छलफल गर्न महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय सहकारी बैंक, विषयगत केन्द्रीय सहकारी संघहरु, प्रदेश सहकारी संघ, उपत्यका र वरिपरीका जिल्ला सहकारी संघ र विषयगत जिल्ला सहकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहकारी विभागले २०७७ कात्तिक १५ गतेदेखि सहकारी सन्दर्भ ब्याजदरको सिमा १४ दशमलव ७५ कायम गरेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएर सहकारीको सन्दर्भ ब्याजदर सरह पु¥याएको र सहकारीका सदस्यहरुले सहकारीबाट रकम झिकेर बैंक तथा वित्तीय संस्थामा वचत गर्न थालेका छन् ।

सहकारीको सन्दर्भ ब्याजदर बढाउने विषयमा सहकारी अभियानको टोलीले अर्थमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीसंग समेत छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *