आजको मौसम : पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ
पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले देशभरको मौसममा केहि बदली आएको छ ।दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको आँकलन छ ।

सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *