खसेकाे एक लाख नगद खाेजेर धनीलाई बुझाइयाे

आदर्श अनलाइन, पाेखरा
पाेखरामा खसेकाे एक लाख नगद खाेजतलास गरेर प्रहरीले सम्बन्धित धनीलाई बुझाइएकाे छ ।

फागुन ३ गते बिहान ५:४० बजेको समयमा पोखरा- १० रंगशाला गेट अगाडि रहेको शारदा पेट्रोल पम्पस्थित ग १ ख ७२३२ नं. को टप्परमा तेल हाल्ने क्रममा एक लाख नगद खसेको थियाे ।

नगद हराएकाे भनी वडा प्रहरी कार्यालय रामबजरमा खोजतलास गरिदिनुहुन भनि कृष्ण बहादुर क्षेत्रीले निवेदन दिए पछि प्रहरी खाेजतलास गरेकाे थियाे ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिइकाे प्रहरी टोलीले खटी सोहि स्थानको सि.सि.टी.भि फुटेज हेर्दा ग ३ च २१६३ नं. को महेन्द्र भेनले टिपि लगेको देखिएकोमा उक्त भेनको व्यक्तिलाई प्रहरी कार्यालयमा उपस्थित गराई सोधपुछ पश्चागत सोही नगद फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जनाइएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *