उद्यमीलाई सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले मुलुक परिवर्तनमा उद्यमीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आयोजना गरेको उद्यमीहरुलाई विभिन्न सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले उद्यमीहरुलाई आवश्यक तालिम र सीपहरु प्रदानका लागि सरकार लागि परेको बताउनुभयो ।

मन्त्री कँडेलले व्यवसायीले उत्पादन गरेका गुणस्तरीय सामानहरु गण्डकी प्रदेश सरकारले पोखरामा संकलन गरेर बजारीकरणका लागि सहयोग समेत गर्ने बताउनुभयो । बिचौलीयाका कारण उत्पादन गर्ने उद्यमीहरु मर्काम समेत भरेको उहाँको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका विभिन्न स्थानका उद्यमीहरुलाई विभिन्न किसिमका आधुनिक औजारहरु वितरण समेत गरेको छ । कार्यालयले जुकी मेसिन, ग्रेन्डर मेसिन, ड्रायर मेसिन, फ्रिज लगायतका सामग्री हस्तान्तरण गरेको छ । सामग्री ८० प्रतिशत अनुदानमा उद्यमीलाई प्रदान गरिएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, उद्यमी, यम प्रसाद कँडेल, लक्ष्मी शाक्य लगायतले बोल्नु भएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्माको अध्यक्षता, कर्मचारी याम थापा मगरको स्वागत विष्णु प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *