निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिता कडाई गर्नु पर्नेमा जोड

आदर्श अनलाइन, बागलुङ
बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्तहरुले निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन आचारसंहितालाई थप कडाई र प्रभावकारी गरानु पर्नेमा जोड दिएका छन् । छैठौँ निर्वाचन दिवसका अवसरमा जिल्ला निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आचारसंहिता फितलो हुँदा निर्वाचन स्वतन्त्र हुन नसकेको उनीहरुको भनाई थियो ।

विभिन्न पार्टीका नेताहरुले मौन अवधीमा पनि पैसाको बिटो बोकेर जनतालाई प्रभावित पारे पनि निर्वाचन आयोगले त्यस तर्फ ध्यान नदिएको उनीहरुले बताए । ‘हरेक निर्वाचनका बेला नेताहरु धाँधली गरेर निर्वाचनमा लाग्छन्, प्रचार अवधी सकिए पनि बैसाको बिटो बोकेर भोट किन्दै हिँड्छन्,’ उनीहरुले भने ‘यस्तो गर्दा पनि निर्वाचन आयोगले त्यस तर्फ ध्यान दिएन, चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउने हो भने आचारसंहितालाई कडाईका साथ लागु गर्नु पर्छ ।’

उनीहरुले विगतमा नागरिकहरु मतदाता परिचय हराएर मतदान गर्नबाट वञ्चित हुँदै आएको भन्दै त्यस किसिमको समस्यालाई निर्वाचन आयोगले समाधान गर्न नागरिकसँग जनचेतना मुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिए । सबै नजागरिकलाई निर्वाचनमा सहभागी गराउन निर्वाचन आयोगले स्थानीय स्तरमै पुगेर उनीहरुलाई सूसुचित बनाउने कार्यमा लाग्नु पर्नेमा जोड दिए ।

मतदान केन्द्र अपाइक पर्दा जिल्लाका विभिन्न ठाउँका मतदाताहरुले निर्वाचनमा सास्ती खेप्नु परेको भन्दै त्यसको व्यवस्थापनमा पनि निर्वाचन आयोगले अग्रसता देखाउनु पर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *