पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ

देशभरको मौसम सामान्यतया सामान्य रहेको छ। दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने आँकलन छ ।

भोलि आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पर्सि सोमबार पनि पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *