बडिगाडकाे टुनिबाेटमा स्वास्थ्य शिविर

कमल पौडेल, बागलुङ

बृहत जनस्वास्थ्य अभियान अन्तरगत बडिगाड गाउँपालिका वडा नम्बर ७ टुनिबाेटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २ सय ५० जना बिरामीले स्वास्थ्यजाँच गरेका छन् । जस मध्ये १ सय जनाले आँखा जाँच गराएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कंडेलले जानकारी दिनुभयाे ।

शिविरमा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठक, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोहित शर्मा, नेत्र रोगका अप्टोमेट्रिष्ट रुद्र खत्री, धौलागिरि अस्पताल बागलुङका मेडिकल ल्याव टेक्नोलोजिष्ट नारायण प्रसाद कोइराला, भिमगिठे स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नुभएको थियो।

शिविरमा सय जनालाई चस्मा वितरण गरिएको, र बिरामीलाई आवश्यक औषधि वितरण गरिएको जनस्वास्थ्य निरिक्षक कंडेलले जानकारी दिनुभयाे। शिविरमा भिडियो एक्सरे, सुगर, पिसाव, प्रोटिन जाँच लगाएत सेवा रहेको र औषधि सहित सवै सेवा निशुल्क हुने गाउँपालिकाले जनाएको छ।

त्यस्तै शिविरमै ७० जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ भने ३५ जना हजार दिनका आमाहरुलाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको छ। आइतबार भिमगिठे स्वास्थ्य चौकीमा हुने वृहत स्वास्थ्य शिविरको लागि गण्डकी मेडिकल कजेल पोखराको विशेषज्ञ डाक्टरहरुको टोली बडिगाड आइपुगेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *