नेकपा एमालेको बैठक रेशमा

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले काठेखोला गाउँपालिका वडा ७ रेशमा नेकपा एमालेको वडा स्तरीय बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य, बागलुङ जिल्ला सह इन्चार्ज, गण्डकी प्रदेशका माननीय सांसद इन्दलाल सापकोटाले नेकपा एमाले निर्वाचनको मिति तोकेपछि हर्षित भएर संगठन विस्तार, भेला र बैठकमा केन्द्रित भएको बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिका पार्टी अध्यक्ष क.डिल बहादुर कार्की, जिल्ला कमिटी सदस्य तथा वडा न ७ का वडा अध्यक्ष प्रेम लामिछाने, जिल्ला कमिटी सदस्य तथा काठेखाला गाउँ पालिका कार्यपालिका सदस्य चित्र कला थापा(शारादा), जिल्ला कमिटी सदस्य भक्त कुँवर र याम बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उनिहरुले एमालेअब एक ढिक्का भएर निर्वाचनमा होमिने बताएका थिए ।

बैठकमा साबिक रेश वडा २ निबासी विण्णु प्रसाद गौतम नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नु भएको थियो । कार्यक्रमको वडा पार्टी कमिटी अध्यक्ष भूमिराज शर्माको अध्यक्षता, उपसचिव महेन्द्र कार्कीको स्वागत तथा पार्टी सचिव रामचन्द्र गौतमको सञ्चालनमा सम्पनन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *