प्रेस चौतारी बागलुङले राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौट गर्याे

आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन तथा प्रदेश अधिवेशको लागि बागलुङ शाखाले प्रतिनिधि छनौट गरेको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष नविन शिशिर विकको अध्यक्षतामा शनिबार बसेको बैठकले राष्ट्रिय महाधिवेशनको लागि ४ पुरुष र ४ महिला सहित ८ जना र प्रदेश अधिवेशनको लागि ७ पुरुष र ७ महिला गरि १४ जना प्रतिनिधी छनौट गरेको हो ।

राष्ट्रिय महाधिवेशनको लागि पुरुष तर्फ केन्द्रीय सल्लाहकार रामबहादुर जिसी, पूर्व सल्लाहकार हरिनारायण गौतम, प्रेस चौतारी बागलुङ इन्चार्ज खिमबहादुर कार्की र बागलुङ शाखा सचिव कमल पौडेल, महिला तर्फ बागलुङ शाखा उपाध्यक्ष सिर्जना पन्त, रञ्जिता शर्मा, साधना पन्त र मनकुमारी केसीलाई छनौट गरेको हो ।

प्रदेश अधिवेशनको लागि पुरुष तर्फ तारानाथ आचार्य, अर्जुन कार्की, खेमराज गौतम ‘सुवास’ बालकृष्ण सुवेदी, कृष्ण संयोग किसान, राम खत्री, दिवाकर उपाध्याय छनौट हुनुभएको छ । महिला तर्फ पिम्ला गौतम, झरना कंडेल, साधना पन्त, मनकुमारी केसी, मनिसा शर्मा, सन्ध्या क्षेत्री र गंगा थापा छनौट हुनुभएको छ ।

राष्ट्रिय महाधिवेशनको लागि ३० जना साधारण सदस्य पुरुष बराबर १ पुरुष र १५ महिला बराबर १ महिला प्रतिनिधि र प्रदेश अधिवेशनको लागि १५ पुरुष बराबर १ पुरुष र ७ महिला बराबर १ महिला प्रतिनिधि चयन गर्नुपर्ने केन्द्रीय निर्देशन अनुसार प्रतिनिधि छनौट गरिएको प्रेस चौतारी बागलुङका सचिव कमल पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *