साग महिला फुटबल: नेपालको हार,फाइनलमा भारतसँगै भिडन्त

आदर्श अनलाइन, पोखरा

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपाल लिगको अन्तिम खेलमा भारतसँग पराजित भएको छ । हारपछि पनि स्वर्णका लागि नेपालले भारतसँग नै खेल्ने भएको छ ।

लिगको दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग एक शुन्यले पराजित भयो । महिला फुटबलमा जहिलेपनि भारतसँग पराजित हुँदै आएको नेपालले आजपनि खेलको १८ औं मिनेटमा गोल खान पुग्यो । घरेलु दर्शकमाझ भारतका लागि बालादेवीले गोल गरिन ।

पहिलो हाफमा एक शुन्यले पछि रहेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो अवसर बनाउन सकेन । जसका कारण नेपालले जारी प्रतियोगितामा पहिलो हार ब्यहोर्यो ।

यता भारत सबै खेलमा जित निकाल्दे शिर्ष स्थानका साथ फाइनलमा प्रवेश गरेको छ । अब स्वर्ण पदकका लागि नेपालले सोमबार भारतसँगै खेल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *