प्रहरी प्रमुख मगरको सरुवा, ज्ञावली आउने

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरको सरुवा भएको छ । मगरकाे प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित सरुवा सुचना अनुसार मगरसहित १८ जना एसपीको सरुवा गरेको छ। मगर गत वर्ष फागुन २६ गते बागलुङमा आउनु भएकाे थियाे ।

बागलुङमा प्रहरी प्रमुखका रूपमा दयानिधि ज्ञावली आउनुहुने भएको छ । उहाँ नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनहुँबाट आउनुहुने भएको हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *