आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा गएको सुख्खा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ ।
आज बिहान बडिगाड गाउँपालिका– ७ मा इदिखोला देखि गोठान जोड्ने मोटरबाटो खन्दै गरैको हेर्न गएका स्थानीय गोपिराम बिकको सडक माथिबाट खसेको सुख्खा पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विराट पौडेलले जानकारी दिनुभयो ।
पहिरोका कारण स्थानीय कृष्ण बिक र दुर्गा बिक सामान्य घाइते हुनुभएको प्रहरीको भनाई छ ।