बागलुङमा जिल्ला स्तरीय नागरिक आरोग्य समिति गठन


आदर्श अनलाइन, बागलुङ

जिल्ला स्तरिय नागरिक आरोग्य समिति बागलुङकोे गठन भएको छ । मंगलबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य कार्यालयका प्रमुखहरु सदस्य रहने गरि जिल्ला स्तरिय नागरिक आरोग्य समिति गठन गरिएको हो ।


नागरिक आरोग्य समितिको सदस्यमा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौं, शिक्षा तथा समन्वय इकाई प्रमुख कस्मराज उपाध्यक्ष र भिमसेन वन रहनुभएको छ । वनलाई समितिले मनोनित गरेको हो । समितिको सदस्य सचिवमा धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार राय रहनुभएको छ ।


मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पारी आम नागरिकलाइ शारिरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ्य एवं सबल बनाइ विश्वब्यापि रुपमा फैलदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न गर्नका लागि समिति गठन भएको हो ।


स्थानीय परिवेश र आवश्यकता अनुसार उपलब्ध साधन स्रोतहरुलाई परिचालन गरी स्वास्थ्य सेवाका हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग, जिवनशैली तथा जडिबुटिको माध्यमबाट शारीरीक तथा मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोंच र ब्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्ने उदेश्यका साथ उक्त समितिको गठन गरिएको हो ।


नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग, जिवनशैली तथा जडिबुटिको माध्यमबाट शारिरिक तथा मानसिक रुपमा कसरी नागरिकहरुलाई स्वस्थ्य राख्न सकिन्छ भन्ने कुरा अभियानको रुपमा बागलुङ जिल्लामा रहेका सम्पूण स्थानीय तहहरुमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रम धौलागिरी अञ्चल आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यता र धौलागिरी अञ्चल आयुर्वेद औषधालय व्यवस्थापन समितिका सदस्य ललिता थापा लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *