नेकपा एमाले वडा नम्वर १३ को चौथो पुर्ण बैंठक सम्पन्न


आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङ नगरपालिका वडा नम्वर १३ को चौथो पुर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिरा केसीले आगामी स्थानीय निर्वाचनका लागि एमाले पूर्ण रुपमा तयारीका साथ अगाडि बढेको बताउनु भएको छ ।

सरकारमा आवद्ध दलहरु निर्वाचन सार्न सकिन्छ की ? भनेर अलमलमा रहेको चर्चा गर्दै अध्यक्ष केसीले नेकपा एमालेको अडान र जनताको खबरदारीका कारण निर्वाचन घोषणा भएको र घोषित मितिमै निर्वाचन हुनु पर्नेमा एमाले रहेको बताउनुभयो । पार्टीका सम्पूर्ण तहमा आवद्ध नेता कार्यकर्तालाई निर्वाचन केन्द्रीत अभियानमा लाग्न उहाँले आग्रह गर्नु भयो ।

गठबन्धन सरकारका गतिविधि, गठबन्धनमा आवद्ध दलहरुको व्यवहारले नेपाली जनतालाई असहज भएको भन्दै केसीले छिटो भन्दा छिटो जनादेशबाट सरकार गठन हुनु पर्नेमा जोड दिनुभयो ।

एमालेले बानपा १३ मा ओम बहादुर क्षत्रीको अध्यक्षतामा १९ सदस्यीय भुपू सैनिक कमिटि, प्रेम रोकाको अध्यक्षतामा ४१ सदस्यीय राष्ट्रिय युवा संघ र देवी रेग्मीको अध्यक्षतामा १४ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटि गठन गरेको राष्ट्रिय युवा संघका जिल्ला सचिव दिपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।


कार्यक्रम नेकपा एमाले वडा नम्वर १३ का अध्यक्ष टेक बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *