अस्पताल भवन : तीन वर्षको ठेक्का आठ वर्षमा काम

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङको सुविधा सम्पन्न ‘सी’ ब्लक भवन निर्माण शुरु भएको ८ वर्ष वित्यो । तीन वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता भएको अस्पताल भवन आठ वर्ष पछि मात्रै सम्पन्न हुन थालेको छ ।

ठेकेदार कम्पनीको चरम लापरर्वाहीका कारण तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको अस्पताल भवन आठ वर्षमा सार्थकता पाउन थालिएको हो । धौलागिरी अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण थालेपनि भवन निर्माण समयमै नसकिदा अस्पतालले सेवा दिने कार्य प्रभावित बन्दै आएको थियो ।

पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्क विहीन हुँदै आएको अस्पताल भवन अहिले भने अन्तिम चरणमा पुगेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ । अहिले धौलागिरी अस्पतालको ‘सी’ ब्लक भवन रङ्ग रोगन, झ्याल ढोका जडान र विद्युत जडान सम्बन्धी काम भइरहेको र चैत्र भित्रै अस्पताललाई हस्तान्तरण गर्नेगरी भवन तयारी हुँन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन तीन पटक म्याद थप्दा थप भइसकेको छ । अस्पतालको जग्गा, विद्युत पोल र कोरोनालाई देखाएर निर्माण व्यवसायीले अस्पताल भवन सम्झौता भन्दा पाँच वर्ष ढिला काम सम्पनन गर्न थालेको छ । निर्माण शुरु भएको आठ वर्षमा बल्ल अस्पताल भवन निर्माण सकिने भएको हो ।

“अहिले निर्माण व्यवसायीले भवनलाई अन्तिम रुप दिइराखेको छ, अब धेरै काम छैन, रङ्ग रोगन अन्तिम चरणमा पुगेको र भित्रि डेकोरेसनको काम भइरहेको छ” डा. पोखरेलले भन्नुभयो “धेरै लामो समय सम्म भवन अलपत्र रहेको थियो, अहिले निर्माण सम्पन्न हुन थालेको छ, अस्पताल भवन निर्माण संगै अस्पतालको बहिरंग विभाग र प्रशासनीक विभाग राख्ने तयारीमा छौं, अस्पतालको पहिलो र दोस्रो भवन पहिलै बनेपनि सेफ्टी ट्याङ्की यही भवनमा थियो बीचमा निकै समस्या भयो, अहिले निर्माण व्यवसायीले सेफ्टी ट्याङ्की र खानेपानी ट्याङ्की समेत निर्माण सम्पन्न गरेकोे छ, अब ५० शैयाको सेवा दिन अस्पताललाई भौतिक संरचनाको अभाव हुँदैन ।”

डा. पोखरेलका जिल्ला अस्पतालबाट ५० शैयाको अस्पतालमा रुपान्तरण भएपछि भवन निर्माण थालेको अस्पताल भवन नसकिदै २०० शैयामा स्तरोन्नतीका लागि प्रदेश सरकारले योजना अघि सारेको छ । यद्यपी २०० शैयाको अस्पताल बनाउन अहिलेको भौतिक संरचाना र जग्गा अपुग हुँने अस्पतालको निश्कर्ष रहेको छ । अहिले गण्डकी प्रदेश सरकारले २०० शैयाको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइरहेको छ ।

विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भवन भने अस्तव्यस्त बन्दै आएको थियो । दुई वर्ष देखि सम्पर्क बिहिन बनेको निर्माण व्यवसायीलाई एक वर्ष अघि धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाको पालामा निरन्तरको ताकेतापछि काममा फर्किएको थियो । त्यसपछि लगातार काममा लागेको निर्माण व्यवसायीले भवनलाई अनितमरुप दिएर अगाडी बढेको छ ।

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो ।

अस्पतालको ‘ए’ ब्लक ठेक्का सम्झौता भएको समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने १० वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो । ‘सी’ ब्लक भवन निर्माण सम्पन्न भएपनि ५० शैयाको अस्पताललाई मात्रै भौतिक संरचाना पुग्ने छ । अहिले प्रशासनीक सेवा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ भने चमेनागृह अस्पतालमा छैन । ‘सी’ ब्लक भवन निर्माण संगै सुविधा सम्पन्न प्रशासनिक विभाग, चमेना गृह र बहिरंग सेवाको केही विभागहरु उक्त भवनमा राखिने छ ।

भवन निर्माणको काम फागुन मासन्त भित्रै सकेर अस्तानतरण गरिने भवन निर्माणको जिम्मा पाएको आशिष÷मिलिनियम र भीम ज्योति जेभीका प्रतिनिधि रन्जित बुढाले जानकारी दिनुभयो ।

“अस्पतालको ‘सी’ ब्लक भवनको जगमा कडा चट्टान परेका कारण समस्या भएको थियो, विद्युतको पोल सार्नै समस्या भयो त्यपछि कोरोनाले प्रभावित बनेका कारण भवन निर्माणमा ढिलाई भएकै हो” बुडाले भन्नुभयो “अब काम लगभग सकिएको छ, हस्तान्तरणको प्रकृयामा जान्छौं, बाँकी कामको समेत समाग्री आइसकेकाले फिटिङ गर्न मात्रै बाँकी छ, लगभग भवन सकियो भन्दा फरक नपर्ला ।” २०७० साल असारमा उक्त निर्माण कम्पनीले तीन वर्षमा सक्नेगरी रु १० करोड छ लाख ६६ हजार ६५५ मा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *