यसरी गरिदैछ बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे (फोटो फिचर)

आदर्श अनलाइन, बागलुङ

बागलुङको बलेवा विमानस्थल धावनमार्ग धमाधम कालोपत्रे भएको छ । २०७७ फागुनमै कालोपत्रे गर्नुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रेको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । तर अहिले धावनमार्गको धमाधम कालोपत्रे भइरहेको र अहिले सम्म ३० प्रतिशत धावनमार्ग कालोपत्रे भइसकेको छ ।

फागुन १ गतेदेखि शुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्त भित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।

विभिन्न समस्याका बाजुत पनि विमानस्थलको धावनमार्गको कालापत्रेले तिब्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको थापाले बताउनुभयो । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिले सम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो ।

अहिले विमानस्थलको धावनमार्ग कालोपत्रेको काम भमाधम भइरहेको र मौसम र प्रविधिले साथ दिएमा एक हप्तामै काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले बताउनुभयो ।

कोरोना महामारी र मौसमका कारण कालोपत्रे गर्न ढिलाई भएको र अहिले कालोपत्रे शुरु भएको छ । अब फागुन भित्रै कालोपत्रे सक्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिएको र सोही अनुसार निर्माणले प्रगती पाएको छ । विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्त सम्ममात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कालोपत्रे निर्माण संगै विमानस्थलको काम सम्पन्न हुँनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेको र त्यसको फलस्वरुप अहिले विमानस्थल धमाधम कालोपत्रे भइरहेको र जहाज चलाउन अब समस्या नहुँने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *