प्रचण्डसँग ओलीको भेट

आदर्श अनलाइन, काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डसँगै भेट गरेका हुन् ।

सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो । त्यसपछि दुबै दलका अरु नेताहरुसहित छलफल भएको नेताहरुले बताएका छन् ।

भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *