सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम

आदर्श अनलाइन, काठमाडौँ
सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिको आज बसेको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको हो । ब्याजदर फागुन १५ गतेबाट लागु हुने समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् ।

बैंक तथा वित्तीय संस्थामा देखा चरम तरलता अभावले गर्दा सहकारी क्षेत्र पनि प्रभावित भएको र निक्षेपमा ब्याजदर बढेकाले सहकारी क्षेत्रको पैसा बाहिरिएको भन्दै अभियानले सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्नुपर्ने माग गरेको थियो ।

बैठकले चार÷चार महिनामा नियमित समितिको बैठक बसी सन्दर्भ ब्याजदर समायोजन गर्ने सहमति समेत भएको छ ।

शुक्रबार बिहानदेखि ब्याजदरको अध्ययन गर्न प्राविधिक उपसमितिमा छलफल भएको थियो । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरि सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाएको हो ।

छलफलमा विभागको तर्फबाट १५.७५ प्रतिशतमा प्रस्ताव गरिएको र अभियानका प्रतिनिधिले १७ प्रतिशतको अडान राखेको भएतापनि अन्त्यमा १६ प्रतिशत कायम गर्न दुवै पक्ष सहमत भएको जनाइएको छ ।

सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ का परिच्छेद ५(२३) ले सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *