बागलुङ कालिका मन्दिरमा डिजिटल भेटी

आदर्श अनलाइन, बागलुङ

बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई नगद रहित बनाइएको छ । बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भेटी भुक्तानीको व्यवस्था गरिएको छ । प्रभु बैंकको सहयोगमा क्यूआर कोड मार्फत भेटी संकलन गर्ने व्यवस्था मिलाइएको हो ।

मन्दिर परिसरमा क्यूआर कोडबाट भेटी राख्न सकिने छ । क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितीमा भक्तजनको सहजताका लागि क्यूआरकोड सहयोगी बन्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटि सदस्य कुशुम बुढाले बैंक तथा बित्तिय संस्थाहरुले तल्लो बर्गका नागरिकको पहुँचमा पुगेर काम गर्नुपर्ने बताउनुभयो ।

क्यूआर कोडको सुरुवात गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि ५ हजार ५ सय ५५ रुपैयाँ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *