निसीमा एमालेको निर्वाचन केन्द्रीत अभियान


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले निसी खोला गाउँपालिका वडा नं. ६ को वैठक शनिवार सम्पन्न भएको छ । वैठकमा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलले नेकपा एमालेको नीति र नेतृत्व मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको मुख्य सारथी भएको दावी गर्नु भएको छ । उहाँले आगामी स्थानीय निर्वाचनमा एमालेका उमेदवारहरुलाई विजयी गराउनका लागि सम्पूर्ण पार्र्टी पंक्ति एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य रुद्र पौडेल, जिल्ला सदस्य लिला बुढा, गाउँ कमिटि अध्यक्ष भूमिराज घर्ति, गाउँ कमिटि सदस्य सन्तोष विक लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वैठकले आगामी फागुन २१ गतेभित्र वडाका सबै टोलहरुमा टोल कमिटि गठन गर्ने र सबै कमिटिहरुलाई निर्वाचन केन्द्रीत अभियानमा सक्रियता पूर्वक लाग्न निर्देशन दिने निर्णय गरेको पालिका अध्यक्ष भूमिराज घर्तिले जानकारी दिनुभयो ।

वडा कमिटि अध्यक्ष कुम बहादुर बुढाको अध्यक्षता भएको वैठकको सञ्चालन नरविर विक र स्वागत दिपेश घर्तिले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *