सरोजराज पन्त
गाँजा (अङ्ग्रेजीमा क्यानाबिस वा म्यारिजुआना) वनस्पति साइकोएक्टिभ मानसिक अवस्था र व्यवहारलाई प्रभावित पार्ने एक महत्वपूर्ण औषधिय बुटी हो । गाँजामा पाइने प्रमुख साइकोएक्टिभ अंश टेट्राहाइड्रोक्यानाबिनोल हो जुन सो वनस्पतिमा पाइने ४८३ ज्ञात रसायनहरूमध्येको एक हो । यसैमा ६५ अन्य क्यानाबिनोइड रसायनहरू सामेल छन् । गाँजाको बोटको बोक्रा र पातबाट रेसा पनि बन्दछन जसबाट कपडा, ब्याग, थैली आदि वस्तुहरू बनाइन्छन् । गाँजाको बीउ, बीउको तेल र पातका विभिन्न प्रयोग हुने गरेका छन् । सागसब्जी, जुस, औषधि, अध्यात्म र मनोरञ्जनका लागि गाँजाको प्रयोग परापूर्वकालदेखि गर्दै आएको पाइन्छ । अहिले धेरै देशहरूमा गाँजा संस्कृतिको अभिन्न अङ्ग बनिसकेको अबस्था छ ।
पूर्वीय दर्शन अनुसार भगवान शिवले गाँजा सेवन गरेको इतिहास छ । गाँजाको खेती इसापूर्व तीन सहस्राब्दीदेखि गरिएका प्रमाणहरू फेला परेका छन् । यसलाई साइकोएक्टिभ औषधिीका रूपमा करिब २,५०० वर्ष अघिदेखि पामीरका पहाडहरूमा प्रयोग गरेको पाइन्छ । २०औँ शताब्दी पछि भने विश्वका अधिकांश मुलुकहरूमा गाँजाको खेती, प्रयोग र स्वामीत्वमा प्रतिबन्ध लगाइएको भएता पनि अहिले विभिन्न देशहरूमा डाक्टरको प्रेस्क्रिप्सनमा गाँजाका औषधिहरू कानुनी रूपमै प्रयोग गर्ने गरेको पाइन्छ ।
गाँजालाई धूमपान, वाष्पीकरण गरेर, खानासँग वा एक्स्ट्र्याक्टका रूपमा प्रयोग हुने गरेको छ । गाँजाको सेवन गर्दा मानसिक र शारीरिक प्रभावहरू देखा पर्छन् । आत्मविश्वासी भावना, उच्च मनोभावना(मुड र बढी भोक लाग्नेजस्ता लक्ष्यणहरू हुने गाजाका सकरात्मक र नकरात्मक प्रभावहरू छन । धूमपान गरेको केही मिनेट पछाडि नै देखा पर्ने यी प्रभावहरू दुई देखि छ घण्टासम्म कायम रहन्छन् । अल्पकालीन प्रभावहरूमा स्मरण शक्तिको कमी, मुख सुक्ने, असन्तुलित चाल, आँखाहरू राता हुने र मानसिक उन्माद वा अवसादको भावना हुनसक्छन् । किशोरावस्थामै गाँजा खान थालेका किशोर किशोरीहरूमा देखिने दीर्घकालीन प्रभावहरूमा, कमजोर मानसिक क्षमता देखिन्छ र बच्चापेटमा हुँदा गाँजा प्रयोग गर्ने आमाहरूको बच्चामा व्यावहारिक समस्याहरू देखिन्छन् ।
गाँजाबाट पेय पदार्थहरू, कस्मेटिक्स र व्यक्तिगत हेरचाहका सामग्री, कागज, निर्माण र इन्सुलेशन सामग्री बनाउन सकिने हुँदा गाँजा भविष्यमा कमोडिटीको रुपमा विकास हुने संभावना पनि ठूलो छ । आजभोलि पश्चिमी बजारमा हेम्प श्याम्पू, हेम्प टूथपेस्ट, हेम्प साबुन बेच्ने चलन बड्दो छ भने अर्कोतिर उपभोक्ता पनि हेम्पबाट बनेको भन्ने बित्तिकै राम्रो हुन्छ भन्ने मानसिक सोचले गर्दा गाँजाको कमोडिटी मार्केट निकट भविष्यमा निकै बढ्ने देखिन्छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पु¥याउँछ भने गाँजाबाट अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । । यसले शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकिन्छ । साथै क्यान्सरमा किमोथेरापी पछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहेको छ । नेपालमै गाँजाकै कणहरू मिसिएर उत्पादन गरेको ‘रातोबरी’ औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने, ‘जातीफलाडी चूर्ण’ले आन्द्रासम्बन्धि रोग निको पार्ने, ‘लक्ष्मी विलास रस’ले नाकबाट पानी बग्ने रोग निको पार्ने, ‘सर्पगन्धा’ले अनिद्रा र उच्चरक्तचाप ठिक गर्ने र ‘मदनानन्द मोदक’ले डिपे्रसन ठिक गर्ने गरेको छ ।
लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्दछ । नियमित प्रयोगले निकट भविष्यमै हृदयघात निम्त्याउँछ । गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्दछ । गाँजामा भएको टीएचसी रसायनले चेतनामा असर गर्ने हुँदा यसले मस्तिष्क र स्नायु प्रणालीलाई क्षति गर्न सक्दछ । लत लाग्ने, मुख सुख्खा हुने र निरन्तर प्रयोगले तौल कम हुँदै जान्छ ।
गाँजाको वैधानिकरणको विश्वव्यापी बहसमा अहिलेसम्म पनि हामीले कान थुन्नुपर्ने अवस्था छ । गाँजाको फाइदा, जोखिम आकलनका लागि हिजोदेखिको अवस्था विश्लेण गर्न ढिला भएको छ । नेपालमा पर्यटकका लागि मात्रै भनेर क्यासिनो खोलिंदा धेरै नेपालीको उठिबास भयो । आज नेपालमा गाँजा बन्देज हुँदापनि दिनहँु युवाहरु यसको कुलतमा फसिरहेका छन । भोलि पर्यटकका लागि मात्र गाँजा वैध भनियो भने नेपाली तन्नेरीहरुमा पर्यटन सँगसँगै गाँजाको वैधता पछि नेपाल अन्तर्राष्ट्रिय अपराधको सञ्जालमा स्वतः जोडिनेछ ।
आज समृद्धिको बहस चलिरहेको छ तर यसबेला गाँजा हाम्रो समृद्धिको इन्जिन हो कि होइन भन्ने विषयमा नेपालमा गहन बहस हुन सकेको छैन । के गाँजा जलविद्युत् (ऊर्जा), कृषि र वन पैदावार, पर्यटन जस्तै समृद्धिको आधार बन्न सक्दैन र ? विश्वभर फैलिरहेको गाँजा के हामीकहाँ कानुनी रुपमा उत्पादन गरी बेच्न सकिदैन न र ? पूर्वीय सभ्यता अनुसार गाँजाको उत्पादन गरी आयुर्वेदको प्रवद्र्धन गर्न सक्दैनो र ?
नेपाल सरकारले गाँजा खेती र उचित व्यवस्थापनको लागि नीति ल्याएर नीति मार्फत गाँजा खेतीको नियमन गर्न सकेमा, जनचेतना र शिक्षामा ध्यान दिएमा यसबाट देशलाई समुन्नत बनाउन सकिन्छ । गाँजा खाने व्यक्तिले जुन सुकै तौर तरिकाले पनि खाएकैछन, आज खानेले भोलि, पर्सि लुकीपिछी खाएका र जीवन बर्बाद हुने भए भएकै छ । कानुन विपरित जसरी पनि खान्छन तर लुकी छिपि खादा झन बढी दुरुपयोग भएको छ । उसलाई कसैले रोकेर रोकिने होएन पनि यदि जनचेतना भयो भने खेर गएको जमिनमा गाँजा खेती गरीे नेपाली किसान धनी हुन्छन् । त्यसैले यसलाई कानुनी मान्यता दिन जरुरी छ ।
गाँजा खेतीले नेपाली किसानको आर्थिक अवस्थालाई माथि उकास्न सक्दछ र देश समृद्ध बन्न सक्दछ । अहिले सबै जग्गा जमीन बाँझो राखेर युवाहरु रोजगारीका लागि विदेश भासिएका छन् । यदि ती युवाहरुलाई गाँजाखेती मार्फत स्वदेशमै रोजगारी दिन सकेमा उनीहरु स्वदेशमा आई यसखेती मार्फत आम्दानी गर्न र राज्यलाई कर तीर्न सक्षम हुन्छन । उनीहरुलाई विदेश जानबाट रोक्न सकिन्छ । गाउँमा खाली जमीनमा गाँजाखेती गरेर उद्योग,कलकारखाना र लाखौंलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।
यसलाई सजिलो खेतिको रुपमा लिन सकिन्छ । गाँजालाई उर्वरा जमीन, धेरै पानी चाहिँदैन् । विभिन्न अध्ययन अनुसार गाँजाले बाँझो रहेको जमिनलाई २ वर्षमा मलिलो बनाउँछ । गाँजा जस्तोसुकै ठाउँमा पनि उम्रिन्छ । आज अमेरिकाका केही राज्य, क्यानडा, नेदरल्याण्ड्स, यूरोपजस्ता मुलुकहरुमा गाँजाबाट धेरै वर्षसम्म टिकाउ हुने घरहरु बनिरहेका छन् । राष्ट्रमा निश्चित मापदण्डभित्र गाँजाको उत्पादन र सेवनलाई छुट दिइएपछि ती देशहरु सवल सक्षम बनेका छन ।
नेपालमा राम्रो मेसिन ल्याएर गाँजाबाट कपडा मात्रै बनाउन सकेमा विश्वभरी निर्यात गर्न सकिन्छ । अहिले इन्धनको महगीले सताएको बेला गाँजाको बीउबाट तेल निकालेर इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसैले नेपालको आर्थिक अवस्थालाई माथि उकास्ने एक महत्वपूर्ण स्रोत गाँजा हो । सामाजिक विज्ञानको आँखाले अमेरिका, चीन लगायतका देशका सरकारले गरेको विकासलाई नियाल्दा गाँजाबाट अर्वाै डलर आम्दानी गरिरहेको यथार्थता पाइन्छन् । नेपालले पनि त्यसैगरी आम्दानी गर्न सक्ने आभारहरु छन ।आज देशका होनहार युवाहरु बेरोजगार भइ सामाजिक, सास्कृतिक विकृति र विसङ्गतिको शिकार भएकाले सरकारले यो विकल्प खुला गर्न अति आवश्यक छ ।
आज कतिपय युवाहरु अहिले आफ्नो देशको मौलिक संस्कृति विर्सिएर पश्चिमा छाडा संस्कृतिमा रमाएका छन । तर गाँजाको समुचित प्रयोग गर्ने परम्पराको अहिले विकृत रुपमा चेलिबेटी बेचविखन, दुव्यर्सनी लागु पदार्थ, हत्याहिंसा, चोरी ठगी जस्ता सामाजिक अपराधहरुमा जानेर वा अन्जानमा लागिरहेका छन । बेरोजगारीका कारणले नेपालली युवाहरुले यी बिभिन्न मानसिक, शारीरिक तनाव झेल्न विवश बनेका युवाहरुको बिग्रदो अवस्था सुधार गर्न र दुखजिलोमा पढेलेखेका युवाहरुलाई स्वदेशमा रोजगारको अबसर दिन सकिन्छ ।
सबै नेपाली युवाहरुको चाहना स्वदेशमै रहेर केही गरौँ र स्वरोजगार बनौँ भन्ने हुन्छ । तर सबैको युवाहरुको चाहना स्वदेशमै रहेर काम गर्ने वातावरण नभएपछि विदेशीन विवश हुनु पर्ने युवाहरुको नियति बनेको छ । बिदेशमा गएर बगाएका पसिनाले भन्दा स्वदेशमा परिवारसँगै दुखजिलोमा बगाएका पसिनाको मुल्य बुझेर पछिल्ला समयमा युवा ससानो लगानी गरी उद्यम सुरुवात गरेर आफ्नै देशमा रहेर सुखी जीवन जिउने सपना सफल भएका देखिन्छन् । कतिपयका आफ्नै देशमा परिवारसँग बसेर स्बरोजगार भइ सुखी जीवन जिउने सपना घरको आर्थिक अवस्था कमजोर हुँदा घरपरिवार पाल्नका लागि आर्थिक जोहो गर्न बिदेसिएका युवाहरु विदेशमै ज्यान गुमाएर असफल भएका छन् । ऋण तिर्न बाँकी रहदैँ परिवारमा कमाउने व्यक्ति गुमाएको पिडा अति कारुणिक बनेको छ । विश्वभर फैलिएको कोभिड १९को कारण हजारौँ कामदारहरूले प्रभावित भइ घर फर्कन बाध्य हुनु परेको छ । घरबार चलाउन र बालबच्चाहरूलाई पढाउन असहज भएको छ । अहिले रोजगार नपाएर खाडी मुलुकको ५५ डिग्री तापक्रममा पसिना बगाउन बाध्य भइरहेका छन् । सामाजिक रुपान्तरणको अभियानमा युवावर्गले गहन भूमिका हुनेहुँदा युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्ने अबसर गाँजले दिन सन्दछ । तवमात्र समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा पुग्ने गरी विकास सम्भव हुनेछ ।
हाम्रो समाजका युवाले सानो हौसला र साथ सहयोग पाएर ठुलो आर्थिक परिवर्तन र विकासको ढोका खोलेका उदाहरण पनि छन् । पछिल्ला दिनमा बिदेशमा गएर निरास बनि फर्केका नेपाली युवाको मुहारमा चमक ल्याउने केही काम भएका छन जसबाट समृद्धिका मुनाहरु पलाएका देखिन्छन । आफु र आफ्नो परिवारको सपना पूरा गर्ने, आशा र भरोसाको भरमा परिवारको मुखमा एकछाक माड र एकसरो कपडा लगाउने निस्बार्थ धोको पूरा गर्न खाडी पुगेका घरका खम्बा चालिस कटेसी रमाउने सपना बुन्दै जिन्दगीमा दुःखको भारी उठाउन विवस छन् ।
जन्म थलो, बुढा बाआमा,कोही बिबाह गरी रामो्रसँग मायाको कसीमा जाचिन नपाउदै, कोही काखे लालावाला र सुत्केरी छाडेर,कोही भविश्यको सुनौलो ससारका लागि दुई जिउकी मायालुलाई चटक्क छाडेर बिदेश जानु युवाहरूको रहर कसरी हुन्छ । समाजले स्वदेशमा बसेर केही गर्छु भन्नेलाई भन्दा विदेश गएर कमाउछु भन्नेलाई अहिलेसम्म पत्याउन छाडेको छैन । स्वदेशमा बसेर पढछु र केही गर्छु भन्ने युवाहरुलाई उत्साहित गर्ने काम समाजले गर्न सकेको छैन । अहिले स्वदेशमा बसेर स्बरोजगार बन्न चाहने युवाहरुलाई आबश्यक हौसला, सहयोग र साथको खाँचो रहेको छ । यसमा गाँजा उत्पादनको सहयात्री बन्न सक्दछ । स्थानीय युवालाई स्वदेशमै बसेर उद्यमी र स्वरोजगार बनाइ कसरी लाभान्वित गराउने ? विदेशमा गएर अप्ठ्यारोमा परेका नेपाली युवाहरुलाई समृद्धिका लागि गाँजा खेती ,कृषि तथा गैर कृषि क्षेत्रमा आय आर्जन सम्बन्धी सम्भाव्यता खोजी लघु, घरेलु तथा साना उद्यम सन्चालन गर्न र ग्रामीण गरिब निराकरण गर्न कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक छ ।
जिल्लाको भुगोल, वातावरण, स्रोत साधनको उपलधताको अध्ययनगरी सम्भावना र औचित्यको आधारमा उत्पादन पकेट क्षेत्रको रूपमा परिचित गराएर स्थानिय कृषक, वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई प्रेरित गरी ग्रामीण स्तरमा रहेका लाभग्राहीहरूलाई समान पहुँच पु¥याउने, क्षमता विकास गर्न कर्जा प्रवाह गर्ने, कृषक समूह, व्यापारी, सेवा प्रदायक र सरोकारवाला निकायहरूलाई जोडन,े कृषकसँग बजारीकरण, व्यापारी र उत्पादन जोडने तथा बचत गर्ने बानीको विकास गराउने, युवा युबतीहरुलाई कृषि तर्फ आकर्षित गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने, आधुनिक कृषिकार्यबाट थोरै जमिन भएका किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाएर आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउन र अबिलम्ब कार्यान्वयन गर्न जरुरी छ ।
युवाहरूलाई उन्नत कृषि तथा पशुपालन पद्धतिको अनुसरण, ज्ञान र सीप आदान प्रदान गर्न समय समयमा अध्ययन अवलोकन भ्रमण, आर्थिक सहयोग र प्राविधिक सहयोग, गुणात्मक परिवर्तन र सकारात्मक धारणाको विकासकालागि वित्तीय शिक्षा र व्यावसायिक तालिम, बजार व्यबस्थापनमा सहयोग र सहजीकरण गरी लाभान्वित गर्न आवश्यक भएको छ ।
देशको समृद्धि र विकासको लागि युवावर्गको महत्वपुर्ण भुमिका हुने हुँदा युवावर्गलाई उपयुतm शिक्षा र स्वरोजगारको धेरै आवश्यक छ । राष्ट्रको समृद्धि र विकास निर्माणका लागि युवाहरुले हातेमालो र काँधमा काँध राखी नकारात्मक सोच, विसङ्गगति, विकृतिको अन्त्य गर्न युवाहरुको जोश, जाँगर, उत्साह, सिर्जनशिलताबाट सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।
समय परिवर्तनशील र गतिशील भएकोले परिवर्तनशील र गतिशील समयलाई पछाउन नसके मानिसको अस्तित्व रहन सक्दैन । त्यसैले अहिले नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामात्र ल्याएर पुग्दैन । युवाहरुलाई बिदेश पठाउनु र रेमिटान्स भित्राउनुलाई गौरव मान्ने मानसिकता तोड्नु पर्दछ । नारालाई चरितार्थ गर्न गाँजालाई बन्देज गरेर होइन यसलाई कानुनी मान्यता दिएर वैदेशिक रोजगारीका लागि जाने क्रममा ठग्ने, ठगीमा परेका, गन्तव्य मुलुकमा पुगेर समस्यामा परेका, बिभिन्न शोषणमा परेका, अङ्गभङ्ग, मृत्यु, भएका व्यक्ति तथा परिवारका लागि न्याय दिलाउन र राहत, क्षतिपूर्ति उपलब्ध गराउन समय, स्रोत साधन अब खर्चिन नपर्ने गरी सरकारले अबलम्बन गरेको नारालाई स्वदेशमा रमाएर कमाउने र राज्यलाई कर तिर्ने वातावरण सृजना गर्न नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्य युवाहरुको समृद्धिकालागि गाँजा खेतीलाई कानुनी मान्यता दिन आवश्यक छ । नेपाली युवाहरुमा स्बदेशमा सीप सिकेर, घरमै बसेर थोरै लगानीबाट उद्यम गरेर सुखी र खुसी जीवन जिउन सकिन्छ भन्ने बिस्वास र आशा जगाउन जरुरी छ । युवाहरुले पनि समाज र नेपाल आमालाई के दिन सक्छु भन्ने नविन सोच, उत्साह र चिन्तन बोकी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशील, लगनशील, कर्तव्यनिष्ट भई अगाडि बढ्नु अत्यन्त आवश्यक छ ।