आदर्श अनलाइन, पोखरा
प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश कमिटिको अध्यक्षमा पोखराका इन्द्र पौडेल चयन हुनुभएको छ ।पोखरामा बिहीबार सम्पन्न पहिलो अधिबेशनले पौडेलको नेतृत्वमा ४५ सदस्यीय प्रदेश कमिटि गठन गरेको छ ।
कमिटिको प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका निर्वतमान उपाध्यक्षमा उमाकान्त शर्मा, महिला उपाध्यक्षमा कास्कीका रोशनी गुरुङ, महासचिवमा लमजुङका आश गुरुङ, सचिवमा कास्कीका कमल सुबेदी र स्याङ्जाका गोपाल जिटि तथा कोषाध्यक्षमा नवलपुरका भविश्वर पाण्डे सर्बसम्मत रूपमा चयन हुनुभएको छ ।
प्रदेश कमिटी सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, बालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल चयन हुनुभएको छ ।