नेकपा एमाले सिर्जनात्मक अभ्यास गर्ने प्रयोगशाला हो : उपमहासचिव गुरुङ

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले सिर्जनात्मक अभ्यास गर्ने प्रयोगशाला भएको बताउँनुभएको छ । नेकपा एमाले बागलुङ नगर कमिटीले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउँनुभएको हो ।

उपमहासचिव गुरुङले नेकपा एमाले माक्सवादको धर्मग्रन्थ र जडशुत्र नभएको भन्दै अन्य पार्टीहरुले यहि अनुरुप बुझ्दा समस्या पैदा भएको बताउँनुभयो । उहाँले नेपाली जनता नेकपा एमालेको अक्सिजन भएको भन्दै एमालेका नेताले जनताको दुख सुख बुझ्दै जनता निकट भएर काम गर्न सक्नुपर्ने बताउँनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई ऋङखलाबद्ध रुपमा अनुसाशीत पार्टी बनाउँन लाग्नको लागि निर्देशन दिनुभयो ।

No description available.

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य लिल बहादुर थापा मगर, पोलिट ब्यूरो सदस्य तथा सांसद मनकुमारी केसी, केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्द नेपाली, केन्द्रीय सदस्य तथा सांसद सुर्य पाठक, प्रदेश सचिवालय जनकराज पौडेलले प्रशिक्षण गर्नुभएको थियो ।

No description available.

प्रशिक्षणमा पार्टीको संगठनात्मक, वैचारिक र सैद्धान्तिक पक्ष बलियो भएमात्रै निर्वाचनमा सफलता मिल्नेमा जोड दिईएको थियो । नेताहरुले निर्वाचन नेकपा एमालेको वर्ग संघर्षको मुख्य मोर्चा भएको बताउनुभएको थियो ।

No description available.

प्रशिक्षण कार्यक्रम बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष खिमराज सापकोटाको स्वागत तथा सचिव रामकृष्ण शर्माको सञ्चालन सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *