प्याजको मृल्य वृृद्धिको विषयमा निकै चर्चा छ, तपाई त प्याज, लसुन विनाकै भान्छा गर्नुहुन्छ । अहिलेको प्याजको भाउ या यसको अनिवार्यताबारे तपाईको भनाई के छ ?
सर्वप्रथम त प्रश्नका लागि धेरै धेरै धन्यवाद । बास्तवमा भागवत गितामा तीन प्रकारका भोजनको बारेमा चर्चा छ । एउटा सत्वगुणी, रजोगुणी र तमोगुणी । सत्वगुणी भोजन भनेको जसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दछ । जसले हाम्रो स्मरण शक्ति बढाउँछ र यावत हिसाबले आध्यात्मिक मार्गमा लाग्नलाई सजिलो गराउँछ । रजोगुणी भन्नाले सांसारिक दौलतहरुमा मान, प्रतिष्ठा लगायतका कुराहरु प्राप्ती गर्नको लागि ईच्छा आकांक्षालाई बढाउँछन् त्यसलाई बुझिन्छ । तमोगुणी भन्नाले व्यक्तिले क्षणिक पागलपनमा आएर खाने गर्छ, त्यो चिज जब पेटमा पुग्छ त्यसले नकरात्मक असर गर्छ भनेर बुझिन्छ । त्यसो भएको हुनाले गितामा भगवानले बर्णन गर्नुहुन्छ की ‘पत्रम पुष्पम फलम्, तोयम यो में भक्तय प्रयचछति’ मलाई पत्र, पुष्प, फल ज–जसले प्रेमपूर्वक अर्पण गर्दछ, त्यो स्वीकार गर्छु भनेर भगवानले यो कुरा भन्दै गर्दा हामीहरुले यो प्रश्न धेरै पटक खेप्ने गरेका छौं, ल ठिकै छ माछा मासुहरु त हत्या हिंसाबाट आउने भयो नखाए हुन्छ तर लसुन प्याज त शाहाकारी भोजन हो । लसुन प्याज हजुरहरुले किन खानु हुँदैन ? बास्तवमा लसुन प्याजलाई बैदिक ग्रन्थहरुमा तमोगुणी खाने कुरामा बर्गिकरण गरिएको छ । तमोगुणको अर्थ हुन्छः जसले हाम्रो स्वास्थ्यलाई पनि दिर्घकालिन रुपमा लामो समय पछि हानिकारक असर पु¥याउछ । अहिले त बैज्ञानिक रुपमा पनि पुष्टि भएका कुरा हुन् । लसुन प्याजका फाईदाहरु छन् भन्दै गर्दा विज्ञानले के कुरा पत्ता लगाएको छ भन्दा लसुन प्याजका हानिकारक असरहरु पनि छन् ।
लसुन प्याजको प्रयोगले स्मरण शक्ति बढाउने जुन कोष तन्तुहरु छन् त्यसलाई निरन्तर रुपमा सुक्ष्म र क्रमिक रुपमा त्यो शक्तिलाई घटाउदै र नाश गर्दै लैजान्छ । एक त लसुन प्याजलाई तमोगुणी खानेकुराको रुपमा शास्त्रमा उल्लेख गरिएको छ र अर्काे विज्ञानले समेत हानिकारक छ भनेको समयमा ययको प्रयोग नगर्दा नै राम्रो हुन्छ । लसुन प्याजको प्रयोगले ध्यान, साधनामा असर पु¥याउँछ, मष्तिकलाई एकाग्र हुन दिदैन । सामान्यतया हामीहरुले व्यवाहारबाट पनि देख्न सक्छौं की जब लसुन प्याज खानामा राखिन्छ नि यसले जंगलमा भएको बनमाराले जस्तै काम गर्छ । बनमाराले जब आँफु उम्रन सुरु गर्छ, त्यसले अरुको अस्तित्वलाई मेटाएरै छोड्छ । लसुन प्याज पनि त्यस्तै हो, जसलाई हामीहरुले खानामा राख्यौं भने अरु खाने कुराको अस्तित्वलाई मेटाएर आँफ्नो मात्र गुण फैलाउने काम गर्छ । तपाई साँच्चै नै सत्वगुणमा लाग्न चाहानु हुन्छ भने स्वास्थ्य जीवन बिताउन चाहनु हुन्छ र आध्यात्मिक जीवन बिताउन चाहानु हुन्छ भने यस्ता खाने कुरा नखानुस् भनेर शास्त्रमा पनि भनेको छ । त्यही भएको हुनाले हामीहरुले लसुन प्याज खाँदैनौ ।
कति वर्ष भयो हजुरले लसुन प्याज खान छोडनुभएको ? लसुन प्याज सहितको भोजन र त्यस विनाको भोजनमा कस्तो फरक पाउनुहुन्छ ?
मैले लसुन प्याज खान छोडेको करिब ११ वर्ष हुन लाग्यो । लसुन प्याज छोड्नु पर्दा सुरुमा मलाई पनि गाह्रो भएको थियो । किनभने हाम्रो समाजमा हाम्रो भान्छामा लसुन प्याज अभिन्न अंग जस्तै हो । धेरैको तर्क मैले अगाडी नै भने यो त शाहकारी भोजन हो, खान हुन्छ भन्नुहुन्थ्यो । मलाई सबैले त्यही सिफारिस, सुझाव दिनुहुन्थ्यो । तर, मैले हेरौं न त, शास्त्रमा यसलाई यति धेरै जोड दिएर लेखिएको छ भने केही न केही कारण त होला । मैले सुरुमा त चुनौती नै मोले भनौ । किनभने जीवनभर लसुन प्याज नखाने प्रण गर्दा समस्या त आएकै थियो । तर, पछि बुझे मैले गरेको निर्णय एकदमै राम्रो रहेछ । किनभने मैले लसुन प्याज नछोड्दै भोजनमा जस्तो रुचि थियो त्यो रुची लसुन प्याज छोडे पछि अरुको भनाई अनुसार घट्नु पर्ने हो तर मलाई झन् बढ्दै गयो । मलाई लसुन प्याज विनाको भोजन गर्दा सुन्तुष्ट छु, भोजन प्रतिको रुचि घटेको छैन । त्यसैले पछिल्लो १० वर्ष यता लसुन प्याज विनाकै भोजन गरिरहेको छु ।
म संग लसुन प्याज सहित र रहित दुबै प्रकारका भोजन खाएको अनुभव भएको भएर दुवै प्रकारका भोजनहरुको स्वाद तुलना गर्न सक्छु । मैले लसुन प्याज छोडेपछिको जीवनमा धेरै फरक पाएको छु । एक त मैले सोँच्थे की लसुन प्याजले खानाको स्वाद बढाउँछ, मलाई थाहा भयो कि खानाको स्वाद बढाउने होइन, आँफ्नो स्वाद कायम गर्दै अरुको स्वाद नियन्त्रण गर्ने रहेछ । उदाहारणको लागि मैले पनिर खाए, यदि लसुन प्याज राख्ने हो भने पनिरको स्वाद हराउँछ । लसुन प्याजको मात्र स्वाद आउँछ । भने पछि मैले लसुन प्याजको मात्र स्वाद पाएको रहेछु अरु जति पनि खाद्यान्न खान्थे । ति सबैको स्वाद लोप भएको रहेछ, विलिन भएको रहेछ । मैले ति खाद्य वस्तुको स्वाद लिनै पाएको रहेनछु । मैले पहिले जुन मनोरञ्जन स्वाद लिएर भोजन खान्थे, पछाडी थाहा भयो धत्, मैले त बुझेकै रहेनछु भन्ने भयो । लसुन प्याज छोडेपछि मलाई सागसब्जी, पनिर जस्ता विभिन्न खाद्य वस्तुहरुको स्वाद थाहा भयो । एउटा उदाहारण दिउँ जस्तो फलफुल । फलफुलमा त लसुन प्याज राखिदैन, तपाईले स्याउ खानुभयो भने स्याउको स्वाद, केरा खाँदा केराको स्वाद आउँछ । तर, तरकारी खाने बेलामा जे चिजको खाए पनि लसुन प्याजको स्वाद आउँछ । अनि कुनै होटल रेष्टुरेण्टमा बसेर खाजा खाएर बाहिर निस्केको व्यक्तिको नजिक गएर बस्ने हो भने उसले के खाजा खायो थाहा हुँदैन तर लसुन प्याजको बास्ना थाहा भई हाल्छ । अहिले मैले जुन भोजन गर्छु त्यसमा मिसाईएका हरेक वस्तुको आफ्नै स्वाद पाउँछु ।
तपाईहरुले त साहाकारी भोजनालय पनि सञ्चालन गर्नुभएको छ, तपाईकोमा आउँने ग्राहकहरुको प्रतिक्रिया कस्तो पाउँनुभएको छ त ?
हो, करिब दुई वर्ष हुन लाग्यो हामीहरुले बागलुङमा गोविन्दाज शाहाकारी भोजनालय चलाई रहेका छौं । जहाँ लसुन प्याज मुक्त खाने कुराहरु पाईन्छ । यो ठाउँमा लसुन प्याज मुक्त भोजनालय सुरु गरेको हामीहरुले पहिलो नै होला । सुरुवातमा भन्दा अहिले त फरक भएको छ । नियमित रुपमा हाम्रो भोजनालयमा आउने भोजन ग्रहण गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ । तर हामीहरुले लसुन प्याज विनाको भोजन हुन्छ, भोजनालय सुरु गर्दैछौ भन्दा तिमीहरुले यो स्वाद विनाको भोजनालय सुरु ग¥यौ कसरी चल्ला भन्नेहरु धेरै हुनुहुन्थ्यो । बास्तवमा हामीहरुको प्रमुख उद्देश्य व्यापार थिएन । हामीहरुको उद्देश्य खानामा एउटा अभियानको सुरुवात थियो । व्यक्तिको जीवनमा परिर्वतन आओस्, तामासिक खानेकुराबाट सात्विक खानेकुरा तर्फ आकर्षण बढोस् भनेर बागलुङ बजारमा शाहाकारी भोजनालय सुरु गरेका थियौं । सुरुवातमा हाम्रोमा प्रवेश गर्नेहरु व्रत बसेको, केही बारेको हुनुहुन्थ्यो । ल ठिकै छ यहाँ लसुन प्याज मिसावट हुँदैन आज सोमबारको व्रत छ, स्रोह श्राद्ध बारेको छु, साउनको सोमबार अन्य व्रत बसेको छु आज गोविन्दाजमा जाऔं । उहाँहरु हाम्रोमा छिर्नुहुन्छ खानुहुन्छ मैले निस्कने बेला उहाँहरु संग प्रत्यक्ष बसेर सोधेको छु । बाहिरको र यहाँको खाजाको बिचमा यहाँहरुको धारणा के छ ? उहाँहरुको प्रतिक्रिया आउँछ, ओहो लसुन प्याज विना पनि यस्तो खानेकुरा बन्छ, यस्तो मिठो हुन्छ भन्ने थाहा भएको भए हामी सधै आउँथ्यौं । त्यसपछि निरन्तर आउनेहरु पनि धेरै हुन्छ । मैले अगाडी पनि भने, सत्व, राजतम प्रकृतिका तीन वटा गुण । जब मानिसहरु तमगुणमा अगाडी बढेको हुन्छ । उसलाई तमगुणकै खानेकुराहरु मन पर्छ । जब मान्छे राजशिक भएर अगाडी बढ्छ उसलाई राजशिक खानेकुराहरु प्रति बढी आकर्षण हुन्छ । त्यसैले हामीहरुले जर्बजस्ती एक पटक स्वाद चखाउदैमा बाहिरको तमगुण अथवा रजगुणलाई भुलाउन सक्छौं जस्तो त लाग्दैन । तर जब यो खानेकुरामा निरन्तरता दिन थालिन्छ, विस्तारै राम्रो अनुभुति हुन थाल्छ । लसुन प्याज विना पनि स्वादिष्ट भोजन बन्दो रहेछ भन्ने थाहा हुन्छ । तुलनात्मक रुपमा पहिले भन्दा ग्राहकहरु बढ्नुभएको छ । तर, अझै पनि मानिसहरुमा पैसा तिरेर खान परे पछि पनि कस्ले लसुन प्याज विना खान्छ भन्नेहरु धेरै हुनुहुन्छ ।
प्याजको मुल्य बढेको, किनेर खानै नसकिने भएको भन्ने व्यापक चर्चा छ, तर तपाईको अनुसार प्याजका फाईदा भन्दा धेरै वेफाईदा रहेछन् । तपाईहरुले थाल्नु भएको लसुन प्याज विनाको भान्छा अभियानलाई जनस्तरमा पु¥याउन के गर्नुपर्ला ?
एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । भनिन्छ, कहिलेकाँही आँफुसंग भएको बहुमुल्य कुरालाई पनि व्यत्तिले चिनेको हुँदैन । अरुको भिरमा भएको घाँस पनि मान्छेले हरियो देख्छ भनिन्छ । हामीहरुले जहिले पनि बाहिरबाट ल्याएको, किनेको बस्तु एकदमै गुणस्तरिय होला भन्छौ । अहिलेको सन्दर्भमा आँफ्नो देशको उत्पादनले नपुुगेर अन्यत्रबाट मगाएर महंगो मुल्यको प्याज प्रयोग गरिराख्नुपर्ने अनि प्याजको महंगीको विषयलाई ठुलो मुद्धा, विषयवस्तु बनाउने गरेको पाईएको छ । यो चाँही मानिसहरुको अज्ञानता हो जस्तो लाग्छ मलाई । हामीसंग हाम्रो बारिमा उत्पादन हुने लसुन प्याज मात्र छैनन् अन्य कैयौं उत्पादनहरु छन् जसले हामिहरुलाई सक्षम बनाउँछन् । आत्मनिर्भर बन्न मद्धत गर्छन् । लसुन प्याज नखाएर पनि जीवन चल्न सक्छ भने यो मुल्य वृद्धिको विषयलाई यति ठुलो मुद्धा बनाउनु पर्छ जस्तो लाग्दैन । जनमानसमा लसुन प्याज विना पनि भोजन सम्भव छ भन्ने चेतनास्तर न्यून छ उहाँहरु सोचेरै डराउनुहुन्छ । सम्भव छ जस्तो उहाँहरुलाई लाग्दैन । यो कुरा जनस्तरमा पु¥याउन सबैभन्दा राम्रो माध्यम सञ्चार हो । लसुन प्याजले राष्ट्रिय रुपमा आतंक मच्याई रहेको अवस्थामा सञ्चार माध्यमहरुले, तपाईहरु जस्तो पत्रकारले यो कुरा अरुले भन्दा छिटो जनमानसमा पु¥याउन सक्नुहुन्छ । जसले इमान्दारी पूर्वक प्याजको समाधान खोज्नुभएको छ उहाँहरुको लागि पक्कै पनि यो मार्ग सजिलो हुन्छ । कतिपयलाई लसुन प्याज छोडेपछि साधु भइन्छ भन्ने लाग्न सक्छ । त्यस्तो होइन । तपाईको जीवन अहिले जसरी चलिरहेको छ त्यसरी चलाउनुस् । बस् लसुन प्याज घटाउनुस् तामासिक खानेकुराहरु हटाउनुस् र हेर्नुस् तपाईको स्वास्थ्य, आर्थिक, सामजिक हिसाबले कति सुखद र स्वश्थ हुनेछ । कति खुशी मिल्नेछ । सत्वगुणी खानेकुरा खाने गर्नुभयो भने तपाईको जीवनमा खुसी आउँछ । अनावश्यक आर्थिक भारबाट मुक्ति मिल्छ ।
तपाईले त सत्वगुणी खानेकुराहरुको अभियान थाल्नुभयो । यो अभियानमा तपाईको परिवार र आफन्तको सहयोग कस्तो छ ?
जब मैले ११ वर्ष पहिले लसुन प्याज विनाको भोजन गर्ने निधो गरे । साहाकारी भोजन, कुलत रहित जीवन व्यतित गर्छु भनेर लागे, त्यो समयमा मलाई परिवारको साथ थिएन । तपाई बुझ्न सक्नुहुन्छ, हाम्रो समाज कुनै न कुनै हिसाबले लसुन, प्याज, चिया, कफी, क्याफिन, निकोटिन, मध्यपान, धुर्मपान यस्ता कुराहरु संग जोडिएकै छ । अनि शुुरु शुरुमा मैले यो कुरा मेरो परिवारमा राख्दा उहाँहरुले यो कुरा स्वीकार गर्न सक्ने त कुरै थिएन ।
जुन समाजमा हामीहरु बस्छौं, त्यो समाजमै नसुहाउने काम गरेर सकरी टिक्न सकिन्छ भनेर सम्झाउँनुहुन्थ्यो । तर मेरो सिद्धान्त के थियो भने कुनै पनि कुरा बल जर्बजस्ती गर्नु हुँदैन । जर्बजस्ती छोडायो भने मैले कयौं व्यक्तिहरु देखेको छु, रक्सीको कुलतमा लागेका व्यक्तिहरुलाई त्यसको हानिकारकताको बारेमा भन्यो भने छोड्न मन लाग्छ । अनि समाजले जर्बजस्ती छुटाउछ पनि तर एक दुई महिना पछि फेरी सुरु हुन्छ । यसरी सयौ पटक छोड्दै खाँदै छोड्दै खाँदै गरेको छ भने त जबरजस्ती त नहुने रहेछ । भागवत गितामा सबैभन्दा सजिलो उपाय बताएको छ । एउटा व्यक्तिले आँफुले गरिराखेको कार्य तब मात्रै छोड्न सक्छ जब उसले अर्काे त्यस्तो कार्य पाउँछ जुन कार्य गर्दा उसलाई पहिले भन्दा बढी आनन्द आउँछ । मेरो परिवारको सन्दर्भमा भन्नुपर्दा मैले आजको मिति सम्म पनि मेरो घर परिवारलाई म यो मार्गमा लागे हजुरहरुले पनि छोड्नुस् भनेर भनेको छैन । तर, मैले निरन्तर देखिराखेको छु । पहिले लसुन प्याजको खेतीमा जोड दिने मेरो परिवार पछिल्लो वर्षहरुमा अन्य खाद्यान्न र तरकारी खेतीमा लाग्नुभएको छ । मेरो बुवाको पनि यस प्रकारको भोजनमा रुचि बढ्दै गएको छ । म गृहस्थ व्यक्ति मेरो श्रीमती बाल बच्चाहरुले पनि लसुन प्याज लिदैनन् । मेरो भाई बैनी देखि मेरो आमाको पनि यो प्रति झुकाव छ । मेरो बुवाले पूर्ण रुपमा छोड्नुभएको छैन । तर उहाँको धारणामा पनि आकाश पातालको फरक छ । विस्तारै मेरो बुवालाई पनि लसुन प्याज छोड्नु भन्नु पर्दैन उहाँ आँफै छोड्नुहुन्छ ।
अन्त्यमा, केही भन्नु छ ?
मलाई लसुन प्याजका सन्दर्भमा धेरैले भन्नुभएको छ, यो त औषधी हुन्छ भनेर । मैले के भन्छु भने औषधी पनि होला । हामीहरुले सिटामोल खान्छौ नि त्यसले राम्रो त गर्छ तर असर र खराब प्रभाव पनि पार्छ । शरिरले खटाउदा सके सम्म दुखाई कम गर्ने औषधी नखाऔं भन्ने हुन्छ । हामीहरुले एउटा विरामी निको पार्न धेरै औषधी खाएका छौं त्यसले दिर्घकालिन रुपमा अर्काे बिरामी पैदा गरेको हुन्छ । लसुन प्याजको पनि त्यस्तै हुन सक्छ । प्रथम र दोस्रो विश्वयुद्धको समयमा धेरै हवाई दुर्घटनाहरु भए, त्यो समयमा बैज्ञानिकहरुले कारण खोजेका थिए, तत्कालिन रुपमा त्यसको कारण लसुन प्याज देखिएको थियो । लसुन प्याज धेरै भएका खानेकुरा खाएकै कारणले उनिहरुको मष्तिश्कमा असर परेर छिटो निर्णय लिन नसकेकै कारणले दुर्घटनाहरु धेरै भएको भन्ने खुलेको थियो । प्याजमा सल्फाईड नाम गरेको तत्व पाईन्छ । त्यसले हाम्रो स्मरण शक्ति बढाउने कोष तन्तुलाई मार्ने वा निस्क्रिय बनाउँछ । यो धार्मिक हिसाबले मात्र होइन, बैज्ञानिक हिसाबले पनि लसुन प्याजको सेवन हानिकारक छ ।
इस्कोन नेपालका अभियन्ता प्रदिप भण्डारी उर्फ परमेश्वर अच्यूत दास संग आदर्शकर्मी सिर्जना पन्तले गरेको कुराकानी ।