मल्ममा होली मेला हुने

बागलुङ
घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला मनाउने भएकाे छ । मेला २०७८ फागुन ३० गतेदेखि चैत ३ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने भएको छ ।

होली पूर्णिमा मेलामा खुल्ला कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गर्ने घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

मेलामा आयोजना हुने कृषि मेला प्रदर्शनीको लागि पुरस्कारहरु नगद र प्रमाण पत्र, पुरुष भलिबलको प्रथम पुरस्कार नगद रु ५५ हजार, द्वितिय नगद रु ३३ हजार र सान्तवना रु ११र११ हजार २ समुहलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष जीवन साहनीले बताउनु भयो । त्यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १५ हजार, द्वितिय नगद रु १० हजार र तृतिय नगद रु ७ हजार प्रदान गरिने संस्थाले जनाएको छ ।

होली मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताईएको छ । सो अवसरमा ज्येष्ठ नागरिक, भुपु खेलाडी अभिनन्दन, सफल युवा व्यावसायी सम्मान, विपन्न परिवारलाई खाद्यान्न वितरण र जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणलाई यस वर्ष पनि निरन्तरता दिईने संस्थाका सहसचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *