आदर्श अनलाइनकर्मी पन्त सहित चार पत्रकार पुरस्कृत

आदर्श अनलाइन, बागलुङ

ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसरमा बागलुङमा कार्यरत चार जना पत्रकारलाई ‘शहीद स्मृति खोज पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको छ ।

सो पुरस्कारबाट आदर्श सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श अनलाइनका संवाददाता साधना पन्त सहित चार जना पत्रकार पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत हुनेहरुमा आदर्श सञ्चार सहकारी संस्थाका प्रकाशन उपसमिती सदस्य तथा राष्ट्रिय समाचार समितिका संवाददाता राम थापा अविरल, शेयर सदस्य तथा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाका उपसम्पादक प्रकाश बराल, र परिसूचन साप्ताहिकका सम्वाददाता पूर्ण भद्र निउरे रहनुभएको छ ।

उहाँहरुलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको ताराखोला गाउँपालिकाले बताएको छ । पुरस्कृत गर्दै गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले ताराखोला गाउँपालिका भित्रका विषयवस्तुलाई उजागार गर्न पत्रकारहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले पालिकाले पत्रकारहरुबाट रचनात्मक सुझाव चाहेको उल्लेख गर्नुभयो । पालिकाले जनयुद्धको समयमा शहादत प्राप्त गरेका र बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ । शहादत प्राप्त गरेका २१ जनाको परिवार र २ जना बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको हो । साथै पालिकाले द्वन्द्वपीडित बालबालिकालाई समेत सम्मान गरेको छ । विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्री हस्तान्तरण गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *